मनोनयन दर्ता गराउने सबै उम्मेदवार साँझ ५ बजेभित्र लाइन बस्नुपर्छः आयोग
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार २०:१३:५३
१२ वैशाख, काठमाडौं । निर्वाचन आयोगले सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी दिन लाइन बसेकाहरुको मात्रै मनोनयन दर्ता हुने जनाएको छ । तोकिएको समयभित्र लाइनमा नबस्ने दलसँग आवद्ध वा स्वतन्त्र कसैले पनि मनोनयन दर्ता गर्न नपाउने आयोगले जनाएको छ ।
सोमबार धेरै मनोनयन दर्ता हुने अनुमान गर्दै आयोगले अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा प्रवेश गर्नेलाई मनोनयन दर्ता गर्न दिने भएको हो । काठमाडौं महानगर लगायत विभिन्न निर्वाचन अधिकृतको कार्यलयमा अहिले मनोनयन दर्ता गराउनेको भिड देखिएको छ ।
निर्वाचन आयोगले मनोनयन दर्ता गर्न चाहनेले सोमबार अपरान्ह ५ बजेसम्म सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरिसक्नुपर्ने भनेको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ३ लाख भन्दा बडी मनोनयन दर्ता हुने अनुमान गरेको छ ।
सोमबार दिउँसो २ बजेदेखि मनोनयन दर्ताको चाप बढेको छ । अपरान्ह पाँच बजेसम्म लाइनमा बसेका सबैको मनोनयन दर्ता गर्न लागेको हो । आयोगले सोमबार साँझ अबेरसम्म पनि लाइनमा बसेकाहरुको मनोनयन दर्ता भइरहने आयोगको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार