स्थानीय तह निर्वाचनमा गठबन्धन ६० प्रतिशत सफल, ४० असफलः माओवादी
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार २१:४५:२५
१२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा ६० प्रतिशत पालिकामा गठबन्धन सफल भएको दाबी गरेको छ । माओवादी केन्द्रले पत्रकार सम्मेलन गरी मुलुकभर ६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएको बताएको हो ।
गठबन्धनका दलहरूले एकअर्काविरुद्ध उम्मेदवारी दिएका स्थानीय तहमा उम्मेदवारी फिर्ता लिने दिन तथा मतदानको अघिल्लो दिनसम्म पनि मेलमिलापतको प्रयास जारी रहने पत्रकार सम्मेलनमा माओवादी नेता कृष्णबहादुर महराले बताए ।
उनले भने, ‘आज बिहानसम्मको गठबन्धनको प्रक्रियामा ६० प्रतिशत पालिकामा गठबन्धन गर्न सफल भएका छौं । बाँकी केहीमा अलिकति मिलेको छैन । पार्टीभित्र पनि मिलेको छैन, पार्टी–पार्टीको बीचमा पनि मिलेको छ । केही प्रक्रिया जारी छ । मनोनयन फिर्ताको कार्यक्रम १६ मा छ, मतदानको अघिल्लो दिन २९ सम्म एकले अर्कोलाई सहयोग गर्ने भन्ने प्रयास भइरहन्छ । अहिले पनि मिल्ने क्रम जारी रहेको भन्ने खबर छ ।’
सत्तारुढ गठबन्धन स्थानीय तह निर्वाचनमा सफल भएको दाबी गर्दै महराले संघीय निर्वाचन सम्म नै वर्तमानमा साथमा आएका दलहरू मिलेर जाने बताए । सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने पनि उनको भनाइ थियो । केही ठाउँमा कांग्रेसले एमालेसँग गठबन्धन गरेको भन्ने अनौपचारिक खबर आएको भन्दै महराले गठबन्धनभित्र भएको निर्णय कांग्रेसलाई पनि लागु हुने बताए ।
सत्तारुढ गठबन्धनका दलहरूले एमालेसँग चुनावी तालमेल नगर्ने निर्णय गरेका थिए । भरतपुरमा कांग्रेसका पूर्वसांसदले मेयरमा उम्मेदवारी दिने घोषणा गरेको भन्ने जानकारी आएको जानकारी गराउँदै महराले भने, ’भरतपुरमा उम्मेदवारी दिने कांग्रेसका पूर्वसांसदले पुनर्विचार गर्नुहुन्छ ।’
माओवादी केन्द्रले स्थानीय विशेषताअनुसार घोषणापत्र जारी गर्ने भएको छ । महराका अनुसार पार्टी केन्द्रले सर्कुलर जारी गर्ने र स्थानीय तहहरूले आफ्नो विशेषताअनुसार घोषणापत्र लेख्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार