व्यासमा माओवादीका न्यौपाने र सुर्खालीको मनोनयन दर्ता
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार २२:३५:२६
१२ बैशाख, तनहुँ । व्यास नगरपालिकाको मेयर र उपमेयरमा ठुला दलको पनि मनोनयन दर्ता सुरु भएको छ । केहीबेर अगाडि माओवादी केन्द्रबाट मेयरमा अतिन्द्रकेशरी न्यौपाने र उपमेयरमा देवा सुर्खालीले मनोनयन दर्ता गराएका छन् ।
व्यास नगरपालिकाको मेयरमा वृषराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । श्रेष्ठले सोमबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्रेष्ठ दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षसमेत हुन् ।
नेकपा एमाले र गोविन्दराज जोशी समूहबाट मेयर र उपमेयर दुवै उम्मेद्वारले मनोनयन दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । मेयरमा जोशीपुत्र दिपकराज जोशीले र उपमेयरमा नेकपा एमालेकी बसुन्धरा घर्तीले मनोनयन दर्ता गराउँदै छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेद्वार पनि मनोनयन दर्ता गर्नलाई दर्तास्थलमा पुगेका छन् । एकीकृत समाजवादीबाट मेयरमा शंकरनारायण श्रेष्ठ र उपमेयरमा मनुमाया श्रेष्ठले उम्मेद्वारी दिनेछन् । कांग्रेसबाट हालका मेयर बैकुण्ठ न्यौपानेले मेयर र इन्दिरा दरैले उपमेयरमा उम्मेद्वारी दिनेछन् ।
आइतबार पनि व्यास नगरपालिकामा मेयरमा मात्र तीन जनाको उम्मेद्वारी परेको छ । स्वतन्त्रबाट पार्वती कार्की, विवेकशील साझाबाट रमेशप्रसाद आचार्य र मङ्गोल नेशनलबाट अनिता थापा मगरको उम्मेदवारी परेको छ । उपप्रमुखमा मंगोल नेशनलबाट अर्गनाइजेशनबाट श्रीमाया थापा र विवेकशील साझाबाट हसिना बानुको उम्मेदवारी परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
पुष २९, २०८१ सोमबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
मधेश प्रदेश सुरक्षा निकायका प्रमुखहरूले गरे सीमा क्षेत्रको संयुक्त अनुगमन
पुष २९, २०८१ सोमबार
दिक्तेलमा ‘मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय’ स्थापना
पुष २९, २०८१ सोमबार
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ सम्पन्न
पुष २९, २०८१ सोमबार
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
पुष २९, २०८१ सोमबार
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
पुष २९, २०८१ सोमबार