वीरगन्ज महानगरमा गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता
नेपालबहस संवाददाता
बैशाख १२, २०७९ सोमबार २३:२६:१०
१२ वैशाख, काठमाडौं । वीरगन्ज महानगरको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)बाट राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा कांग्रेसका इम्तियाज आलमले उम्मेदवारी दिएका छन् ।
नेकपा (एमाले) को तर्फबाट भने विजय सरावगीले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै वीरगन्जमा एमालेसँग तालमेल गरेको लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का पुरुषोत्तम झाले उपमेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।
गत स्थानीय चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा विजयी भएका थिए । मेयरमा निर्वाचित भएको केही महिनापछि नै सरावगीले पार्टीबाट असहयोग भएको गुनासो गर्दै आएका थिए ।
पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाउन उनी त्यसबेला काठमाडौं पुगेका थिए । मेयर सरावगी गत फागुन २८ मा एमाले प्रवेश गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार