जसपाबाट वीरगञ्ज महानगरको मेयरमा राजेशमानको मनोनयन दर्ता, जनताको उत्साहजनक उपस्थिति
आबिद हुसेन
बैशाख १२, २०७९ मंगलबार ०:३:५
१२ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) बाट राजेशमान सिंहले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
वीरगञ्जको आदर्शनगर रंगशालाबाट जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवलगायत हजारौँको उपस्थितिमा सिंह जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित निर्वाचन केन्द्रसम्म पुगेका थिए ।
ब्यानर एवम् छाता चिन्ह र छातासहित हजारौँ नेता तथा कार्यकर्ताहरु जसपाबाट सिंहको मनोनयन दर्ता गर्न उपस्थित थिए । बाजागाजासहित मनोनयन दर्ता गराउन पुगेका सिंहले जनताको उत्साहजनक उपस्थितिले आफु पनि उत्साहित भएको प्रतिक्रिया दिएका छन् । प्रतिगमनविरुद्धको गठबन्धनले विजयी हाँसिल गरेर देखाउने सांसद प्रदीप यादवको दावी छ ।
केन्द्रीय समितिको निर्णयअनुसार पवित्र गठबन्धन भएको हुँदा यसमा कसैले घात नगर्ने र जनताको भलाई तथा वीरगञ्जको बिकासका लागि सबैले ऐक्यबद्धता जनाएको यादवले बताए ।
जनताबाट प्राप्त गरेको साथ, समर्थन र मायाले सँधैभरी निरन्तरता पाइरहने र आगामी दिनमा अँझै जनलहर बढ्ने मेयरका उम्मेदवार सिँहको विश्वास छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपसीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
आजदेखि नयाँ वर्ष इस्वी संवत २०२५ सुरु
पुष १७, २०८१ बुधबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १७, २०८१ बुधबार
एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने
पुष १६, २०८१ मंगलबार
फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थामार्फत बिजुली दिइने
पुष १६, २०८१ मंगलबार
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पुष १६, २०८१ मंगलबार