वीरगन्जको मेयरमा १८ जनाको उम्मेदवारी, उपमेयरमा कांग्रेसबाटबाट इम्तियाज आलम
आबिद हुसेन
बैशाख १२, २०७९ मंगलबार ०:६:१४
१२ बैशाख, वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मेयरमा १८ जनाले उम्मेदवारी दिएका छन्। डेढ महिनाअघि जनता समाजवादी पार्टी छाडेर नेकपा एमाले प्रवेश गरेका निवर्तमान मेयर विजयकुमार सरावगीले समेत उम्मेदवारी दिएका छन्।
सरावगी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम हालको जसपाबाट मेयरमा निर्वाचित भएका थिए। तर पार्टीभित्रैबाट असहयोग भएको भन्दै सरावगीले फागुन २८ गते जसपा त्यागेर एमालेमा प्रवेश गरेका थिए। वीरगन्ज महानगरमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’बीच चुनावी तालमेल गरिएको छ।
त्यस्तै महानगरको मेयरमा सत्तागठबन्धनबाट जसपाका राजेशमान सिंहले उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट मेयरको उम्मेदवार बनेका सिंहले तेस्रो स्थानको मत ल्याएका थिए। उनी डेढ महिना पहिलेमात्रै लोसपा त्यागेर जसपामा प्रवेश गरेका हुन्।
सोमबार जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पर्साका सांसद प्रदीप यादवका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले मेयरमा मनोनयन दर्ता गराएका हुन्।
त्यस्तै राप्रपाबाट पत्रकार गिरिश गिरीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। वीरगन्जका पूर्वमेयर स्वर्गीय गोपाल गिरीका छोरा गिरिशलाई राप्रपाले मेयरको उम्मेद्वार बनाएको हो।
त्यस्तै महानगरको मेयरमा नेपाल सद्भावना पार्टीबाट विजय कुमार रौनियार, नेपाल मजदुर किसान पार्टीबाट गोकर्णप्रसाद कोइरीको पनि उम्मेदवारी परेको छ। मेयरमा स्वतन्त्रबाट प्रभात सिंह, जमिल राय भाठ, रिजवान अली, राजेन्द्र प्रसाद सिंह, महमद सगिर अली, फिरोज आलम, महमद रियाज उल हक, बिक्की राज पटेल, सन्जिव कुमार यादव, कैलाशप्रसाद सर्राफ, राधेश्याम साह र राजेश सिंहले पनि उम्मेदवारी दिएका छन्। उपमेयरमा ४ जनाको उम्मेदवारी
वीरगन्जको उपमेयरमा भने २ स्वतन्त्रसहित ४ जनाको उम्मेदवारी परेको छ। एमाले र लोसपाको गठबन्धनबाट लोसपाका जिल्ला अध्यक्ष पुरुषोत्तम झाले उम्मेदवारी दिएका छन्। यी दुई दलबीच भएको चुनावी तालमेलमा मेयर एमालेलाई र उपमेयर लोसपाले पाउने सहमति गरिएको थियो।
महानगरको उपमेयरमा सत्तागठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सचिव इम्तियाज आलमले उम्मेदवारी दिएका छन्। सत्ता गठबन्धनको चुनावी तालमेलमा वीरगन्ज महानगरको मेयर जसपालाई र उपमेयर कांग्रेसलाई दिने सहमति भएको थियो।
महानगरको उपमेयरमै राप्रपाका तर्फबाट बीना देवीको पनि उम्मेदवारी परेको छ। उपमेयरमै लोसपा नेतृ रम्भा मिश्राले भने स्वतन्त्र उम्मेदवारी दिएकी छन्। एमाले र लोसपाबीच भएको चुनावी तालमेलप्रति असन्तुष्टि जनाउँदै लोसपाकी नेतृ रम्भा मिश्राले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।
वीरगन्ज महानगरमा मेयर र उपमेयर पदमा दलहरुबीच दुई छुटटा(छुट्टै गठबन्धन भए पनि वडाहरुमा भने दलहरुबीच चुनावी तालमेल हुन सकेन। महानगरका ३२ वटै वडामा वडा अध्यक्ष र सदस्य पदमा हरेक दलहरुले छुट्टा(छुटटै उम्मेदवारी दिएका छन्।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
सतिघाटमा फेरीबाट सवारी तथा ढुवानी साधन तार्दै
पुष १४, २०८१ आइतबार
आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या
पुष १४, २०८१ आइतबार
स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड
पुष १४, २०८१ आइतबार
खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्नेः मन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार