स्थानीय तह निर्वाचन: ३५ हजार २२१ पदका लागि १ लाख ४ हजार १२३ को उम्मेदवारी
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार १२:४९:३२
वैशाख १३ काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन् । ७५३ वटा स्थानीय तहमा निर्वाचित हुने पद संख्या भने ३५ हजार २२१ हो । तर, झण्डै तेब्बर बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् ।
सोमबार राति ११ बजे निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा बढी मधेस प्रदेशमा २४ हजार १४३ जनाले मनोनयन दर्ता गराएका छन् । यसपछि प्रदेश १ मा १८ हजार ४९९ जना, लुम्बिनी प्रदेशमा १७ हजार ७२० जना, बाग्मती प्रदेशमा १७ हजार २२५ जना, सुदूरपश्चिम प्रदेशमा ९ हजार २० जना, कर्णाली प्रदेशमा ८ हजार ९८४ जना र गण्डकी प्रदेशमा ८ हजार ५३२ जनाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सर्वाधिक प्रमुख पदमा मधेस प्रदेशमा १ हजार ५ जना र सर्वाधिक कम कर्णाली प्रदेशमा १ सय ५९ जनाले मनोनयन दर्ता गराए । उपप्रमुखमा पनि सर्वाधिक मधेस प्रदेशमै ४ सय ९५ जना र सर्वाधिक कम गण्डकी प्रदेशमा १ सय १५ जना, अध्यक्षमा सर्वाधिक ७ सय ५४ जनाले मधेस प्रदेशमै र सर्वाधिक कम सुदूरपश्चिम प्रदेशमा २ सय २४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
उपाध्यक्षमा पनि मधेस प्रदेशमै बढी उम्मेदवारी परेको छ । त्यहाँ ३८३ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दिँदा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १७३ जनाले उम्मेदवारी दिएका छन् । यसरी नै वडा सदस्य पदमा सर्वाधिक ३६ हजार ४८८ जनाले मनोनयन दर्ता गराएका छन् ।
वडा अध्यक्षमा २५ हजार ६४ जना, महिला सदस्यमा १७ हजार ४६७ जना र दलित महिला सदस्य १५ हजार ६९७ जनाले मनोनयन दर्ता गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
आबिद हुसेन
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार