स्थानीय तह निर्वाचनका लागि १ लाख ३६ हजार २ सय ६९ जनाको उम्मेदवारी
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार १३:४७:४४
१३ वैशाख काठमाडौं । स्थानीय तह निर्वाचनका लागि १ लाख ३६ हजार २ सय ६९ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगले आज विहान सार्वजनिक गरेको विवरण अनुसार १ लाख ३६ हजार बढीको आवेदन परेको हो । जसअनुसार महानगर पालिकाका प्रमुखमा ३ हजार २ सय ६१ जनाले आवेदन दिएका छन् । यस्तै ३ हजार २ सय ५४ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यस्तै उपप्रमुख पदमा २ हजार ३ जनाको आवेदन परेको छ । यस्तै उपाध्यक्ष पदका लागि २ हजार २ सय ९२ जनाको आवेदन परेको छ। वडाध्यक्षको लागि ३२ हजार ५९ जनाले आवेदन दिएका छन् ।
यसै गरी महिला सदस्यमा २३ हजार ३ सय ७५ जनाको उम्मेदवारी परेको छ। दलित महिला सदस्यमा २१ हजार १ सय १५ र सदस्य पदका लागि ४८ हजार ९ सय १० जनाको आवेदन परेको छ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यक्रम अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ।
यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने र वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तय भएको छ ।
वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यसूची आयोगले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
कञ्चनजङ्घामा पर्यटकको आगमन बर्सेनि बढ्दै
पुष १४, २०८१ आइतबार
झारपातले कुरूप बन्दै राराताल
पुष १४, २०८१ आइतबार
तस्करी र भ्रष्टाचार नियन्त्रण श्रीलङ्काको प्रमुख प्राथमिकता
पुष १४, २०८१ आइतबार
सतिघाटमा फेरीबाट सवारी तथा ढुवानी साधन तार्दै
पुष १४, २०८१ आइतबार