मनाङका १५ जनप्रतिनिधि निर्विरोध
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार १३:५८:२८
१३ वैशाख मनाङ । मनाङका १५ जनप्रतिनिधि निर्विरोध बनेका छन्। ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि केही पालिकामा वडाध्यक्ष र सदस्य निर्विरोध बनेका हुन् ।
यद्यपि, निर्वाचन आयोगले भने अन्तिम नामावली प्रकाशन गरी दाबीविरोध सकिएपछि मात्र निर्विरोध घोषणा गर्नेछ । चार गाउँपालिका रहेको मनाङमा कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका साथै स्वतन्त्र उमेरदवारको एकल उम्मेदवार परेको हो । मनाङको चामे गाउँपालिका १ र २ का वडाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । वडा १ मा नेकपा एमालेका खड्कजंग गुरुङ निर्विरोध भएका हुन् ।
सो वडामा एमालेबाटै महिला सदस्यमा राजकासी गुरुङ र दलित महिला सदस्यमा अनिता विक निर्विरोध भएका छन्। वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भएका छन्। सोही वडामा महिला सदस्यमा गममाया गुरुङ र दलित महिला सदस्यमा नविना परियार कांग्रेसबाट निर्विरोध बने ।
नासो गाउँपालिकामा कांग्रेसबाट वडा नम्बर ५ वडाअध्यक्षमा थुतेन लामा, वडा नम्बर ६ को वडाध्यक्षमा पुष्पबहादुर गुरुङ र वडा नम्बर ७ को वडाध्यक्षमा ओमबहादुर गुरुङ निर्विरोध भए । मनाङका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले अन्तिम नामावली प्रकाशन गरी दावीविरोधको समय सकिएपछि मात्र निर्विरोध निर्वाचित घोषणा गर्न मिल्ने बताए ।
निस्याङ गाउँपालिका ३ वडाध्यक्षमा स्वतन्त्रबाट कृष्ण लामा र वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रबाट च्योल्पा गुरुङको वडाध्यक्षमा एकल उम्मेदवारी परेको छ । सोही वडामा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्यमा रिया गुरुङ र दलित महिला सदस्यमा सुष्मिता सेन्चुरीको एकल उम्मेदवारी परेको छ । उनीहरु स्वतन्त्रबाट उम्मेदवार बनेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
पर्यटकको आकर्षक केन्द्र बन्दै जखेरा ताल
पुष १४, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनसँगै फेरिएको भोजपुरको मुहार
पुष १४, २०८१ आइतबार
कञ्चनजङ्घामा पर्यटकको आगमन बर्सेनि बढ्दै
पुष १४, २०८१ आइतबार