चन्द नेतृत्वको नेकपामा विवाद, स्थानीय तहमा उम्मेदवारी दिएकालाई फिर्ता लिन बास्तोला समूहको निर्देशन
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार १६:५६:३७
१३ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट परेको उम्मेदवारीलाई लिएर नेक्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुई समूहबीच विवाद सुरु भएको छ । चन्द नेतृत्वको नेकपाका केही नेताहरुले स्थानीय चुनावका लागि आफ्नो प्रभाव भएको क्षेत्रहरूमा उम्मेदवारी दिएका थिए ।
विगतदेखि नै चुनावको विपक्षमा रहेको नेकपाकै अर्को समूहले आइतबार र सोमबार उम्मेदवारी दिएका पार्टीका उम्मेदवारीहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएपछि विवाद सुरु भएको हो ।
नेकपाका नेता धर्मेन्द्रल बास्तोला ‘कञ्चन’ले एक विज्ञप्ति जारी गर्दै एमसीसी विरोधीलाई सर्मथन गर्ने, पार्टीका सदस्यहरू स्वतन्त्ररुपमा उठ्न सक्ने पार्टीको नीति भएको भन्दै नेतृत्व तहमै भएकाले उम्मेदवारी दिनु गतल भएको भन्दै तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।
जारी विज्ञप्तीमा, ‘‘उम्मेदवारी नदिने भन्ने मान्यताविपरीत कतिपय कमरेडहरूले विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिक भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ,’ भनिएको छ ।
गत चैतमा कपिलवस्तुमा भएको नेकपाको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय तहको चुनावको उपयोग गर्ने राजनीतिक प्रस्ताव पारित भएको पेस गरेका थिए । पक्षमा प्रवक्ता खड्गबहादुर विश्वकर्मा र केही केन्द्रीय सदस्य मात्रै उभिएका थिए । तर, चुनावको विपक्षमा बास्तोल, हेमन्तप्रकाश वलीलगायत बहुमत केन्द्रीय सदस्य देखिएका थिए ।
विप्लवको प्रस्ताव अल्पमतमा परेपछि जनपक्षीय उम्मेदवारलाई सहयोग गर्ने तर आफैं चुनावमा नजाने मध्यमार्गी निर्णय गरिएको थियो । तर, कपिलवस्तुबाट काठमाडौं आएर विप्लवसहितका नेताहरूले निर्वाचन आयोगमा गएर केन्द्रीय समितिको निर्णयविपरीत चुनावमा लागि दल दर्ता गराउन खोजेपछि नेकपामा विवाद चुलिएको छ ।
पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण उक्त पार्टीको तर्फबाट नेता–कार्यकर्ताले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका छन् । रोल्पाका १० पालिकामध्ये ९ पालिकामा सबै पदाधिकारी, वडाध्यक्ष र सदस्यमा विप्लव समूहका नेताहरूले उम्मेदवारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार