पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार १६:५८:२५
१३ बैशाख, पोखरा । पोखरामा अझै मनोनयन प्रक्रिया सकिएको छैन । निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा छन् । उनीहरूले रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेका छन् । अझै केही घण्टा लाग्ने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए ।
‘आयोगले लजिष्टिक उपलब्ध गराएन । स्थानीय तहसँग माग्ने भन्यो । तर, पोखरा महानगरले पनि सहयोग गरेन,’ उनले भने, ‘कम्प्युटर र ल्यापटप छैन । काठमाडौंमा महानगरले १० वटा दियो, पोखराले एउटा पनि दिएन । हामीले व्यक्तिगत ल्यापटपबाट काम गरिरहेका छौं । जेनेरेटर नहुँदा केही समय कामै रोकियो ।’
राजनीतिक दलहरू पनि एकै पटक मनोनयनमा आउँदा समस्या परेको उनले बताए । ‘धेरै गाह्रो भो । पार्टीहरूले कोअपरेट गरेनन् । ३ बजेपछि सबै हुल बाँधेर आइदिए,’ उनी भन्छन्, ‘सल्लाह गरेरै फरक दिन आउनु भन्नुपर्ने हो । तर, त्यसो हुन सकेन । रातभर िकाम गर्दा पनि काम सकिएको छैन ।’
आयोगले तोकेको भन्दा बढी कर्मचारी राख्न नपाएका कारण पनि समस्या भइरहेको भट्टराई सुनाउँछन् । उम्मेद्वारहरूबाट विवरण संकलन गरे पनि दस्तावेजीकरण अहिलेसम्म नसकिएको हो । निर्वाचन आयोगको असहयोग गरेका कारण मनोनयन प्रक्रियामा समस्या भएको कर्मचारीहरु बताउँछन् ।
पोखराको मेयरका लागि २५ र उपमेयरका लागि नौ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । गण्डकी प्रदेशभरि हालसम्म १२ हजार एक सय ४६ जनाले मनोनयन दर्ता गराइसकेका छन् । अझै केही तथ्यांक बाँकी भएकाले बढ्न सक्ने बताईएको छ । आयोगले दुई दिन मनोनयनको समय तोके पनि सबैजसो दलहरू भोलिपल्ट अन्तिम समयमा मात्रै पुगेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
महालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
पुष २९, २०८१ सोमबार
स्वास्थ्य बीमा ऐन संशोधन, बीमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली बनाइने
माघ १, २०८१ मंगलबार
धनुषाधाममा एकमहिने मकर मेला सुरु
माघ १, २०८१ मंगलबार
निर्वाचित नभएको भए ट्रम्प दोषी ठहरिनु हुने थियो : विशेष सल्लाहकारको रिपोर्ट
माघ १, २०८१ मंगलबार
अफ्रिकाको सुनखानीमा फसेका ४ सय मध्ये १०० मजदुरको मृत्यु
माघ १, २०८१ मंगलबार