मनोनयन अपडेटः उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजारमाथि पुग्यो, विवरण संकलन जारी
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार १७:१९:३६
१३ वैशाख, काठमाडौं । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या १ लाख ४१ हजार ४६८ पुगेको छ । मंगलबार विहान १०ः१५ बजेसम्म उक्त संख्याले उम्मेदवारी दिएको अपडेट आयोगले गराएको हो ।
आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार मनोनयन दर्ताको लागि समय तोकेको थियो । जिल्लाबाट मनोनयनको विवरण आउनेक्रम जारी रहेकोले अझै संख्या बढ्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार हालसम्म प्रदेश १ मा २२ हजार १९४, मधेश प्रदेशमा ३६ हजार २७५, बागमती प्रदेशमा २३ हजार ६५४, गण्डकी प्रदेशमा १२ हजार ३१४, लुम्बिनी प्रदेशमा २२ हजार ४२१, कर्णाली प्रदेशमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाको उम्मेदवारी परेको छ ।
परेका उम्मेदवारीमध्ये प्रमुख पदमा ३ हजार ३१८, अध्यक्ष पदमा ३ हजार ३०६, उपप्रमुख पदमा २ हजार ३६, उपाध्यक्ष पदमा २ हजार ३४३, वडा अध्यक्ष पदमा ३३ हजार १११, महिला सदस्य पदमा २४ हजार २८३, दलित महिला सदस्य पदमा २१ हजार ९७९ र सदस्य पदमा ५१ हजार ९२ रहेको छ । ७५३ वटा स्थानीय तहमा निर्वाचित हुनुपर्ने पद संख्या ३५ हजार २२१ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार