नौ महिनामा २ अर्ब ८० करोडभन्दा बढीका खसी नेपाल भित्रिए
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार १८:१९:९
१३ वैशाख, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा २ अर्ब ८० करोड १ लाख ७३ हजार रुपैयाँको खसी, मासु तथा माछाजन्य वस्तु नेपाल भित्रिएको छ ।
२०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको जिउँदो खसी, मासु तथा माछाजन्य वस्तु नेपालले आयात गरेको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार सो अवधिमा ४५ करोड २९ लाख ५९ हजार रुपैयाँको जिउँदो खसी नेपाल भित्रिएको छ । सो मूल्यमा ५० हजार ५८७ वटा खसी आयात गरिएको छ । सबै खसीहरु नेपालले भारतबाट आयात गरेको हो ।
पछिल्लो नौ महिनामा १३ लाख १२ हजार रुपैयाँको २२० वटा भेडा पनि नेपाल भित्रिएका छन् । सबै भेडाहरु नेपालले चीनबाट आयात गरेको हो ।
बितेका ९ महिनामा २ अर्ब ३४ करोड ५९ लाख १ हजार रुपैयाँको माछा र माछाजन्य वस्तु नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
नेपालमा माछा र माछजन्य वस्तुहरु अष्ट्रेलिया, क्यानडा, फ्रान्स, हंगेरी, मलेसिया, थाइल्याण्ड, बेलायत, अमेरिका, युनाइटेड अरब इमिरेट्स, अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, ब्राजिल, बुल्गेरिया, चेक रिपब्लिक, हङकङ, भारत, इटाली, जापान, दक्षिण कोरिया, कुवेत फिलिपिन्स, कतार लगायतका देशबाट भित्रिने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार