कर्णालीमा बागीलाई फकाउँदै आधिकारिक उम्मेदवार
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार १९:४:४२
♦ हेमन्त केसी
सुर्खेत, १३ वैशाख । बागी उम्मेदवारी दिएकाहरूलाई दलका आधिकारिक उम्मेदवारले उम्मेदवारी फिर्ता गर्न फकाउन कोसिस गरिरहेका छन् । तर, पार्टीले टिकट नदिपछि बागी बनेकाहरूलाई फकाउन निकै मुस्किल भइरहेको आधिकारिक उम्मेदवारको भनाई छ ।
गठबन्धनबाट आधिकारिक उम्मेदवारी दिएको स्थाहरूका धेरै बागी परेको छ । भागबण्डा टुंगो लगाउन समय लगाएपछि अधिकांश ठाउँमा बागी उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जाजरकोटको बारेकोट, जुनिचाँदे र छेडाडगाडबाहेक जिल्लाका अधिकांश ठाउँमा बागी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । रुकुम पश्चिम र सुर्खेतमा गठबन्धन दलहरूबीचमा सहमति नै हुन सकेको थिएन ।
यहाँ सत्तारुढ दलहरूले छुट्टाछुटै मनोनयन दर्ता गराएका थिए । बाँकी आठ जिल्लामा अधिकांश ठाउँमा बागी उम्मेदवार धेरै रहेको मुख्य निर्वाचन अधिकृको कार्यालयले जनाएको छ । नेकपा एमालेबाट उम्मेदवार भएको ठाउँमा बागी परेको छैन ।
बागी उम्मेदवारी दिनेमा नेपाली कांग्रेस अगाडि छ । आधिकारिक उम्मेदवारले बागी उम्मेदवार भएका व्यक्तिलाई फकाउँदै समय लाग्ने गरेको उनीहरूको भनाइ छ । यता प्रदेश इन्चार्ज र सभापतिहरूले बागीलाई तत्काल उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । जिल्ला स्वतन्त्र उम्मेदवारहरूको संख्या समेत निकै बढी छ ।
कर्णाली प्रदेशका १० जिल्लामा एक सय ६३ जनाले प्रमुखमा उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा १४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । वडाअध्यक्षमा तीन सय जना र उपाध्यक्षमा दुई सय ७६ जनाले उम्मेदवारी दिएका छन् । सबै तहमा जम्मा १२ हजार आठ सय ४८ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । कर्णाली प्रदेशमा प्रमुखभन्दा उपप्रमुखमा कमको उम्मेदवारी परेको छ ।
गाउँपालिकाको अध्यक्षमा भन्दा उपाध्यक्षमा कम उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार सल्यानमा प्रमुखमा १५ जना, उपप्रमुखमा १७ जना, अध्यक्षमा ३७ जना, उपाध्यक्षमा ३५ जना र वडाध्यक्षमा ३६४ जनाले उम्मेदवारी दिएका छन् । डोल्पामा प्रमुखमा १२, उपप्रमुखमा १५, अध्यक्षमा ११, उपाध्यक्षमा ११ र वडाअध्यक्ष १६५ जनाले उम्मेदवारी दिएका छन् ।
मुगुमा प्रमुखमा आठ जना, उपप्रमुखमा ६ जना, अध्यक्षमा १२ जना, उपाध्यक्षमा सात जना र वडाध्यक्षमा एक सय २७ जनाले उम्मेदवारी दिएका छन् । जुम्लामा प्रमुखमा नौ जना, उपप्रमुखमा आठ, अध्यक्षमा ५०, उपध्याक्षमा ५० र वडाध्यक्ष ३३२ जनाले उम्मेदवारी दर्ता गराएको पाइएको छ । कालीकोटमा प्रमुखमा १४, उप्रमुखमा ११, अध्यक्षमा ५२, उपाध्यक्षमा ४६ र वडाध्यक्षमा चार सय दुई जनाले उम्मेदवारी दिएका छन् ।
हुम्लामा प्रमुखमा सून्य, उपप्रमुखमा सून्य र अध्यक्षमा २९ र उपाध्यक्षमा ३५ र वडाध्यक्षमा एक सय ६७ जनाले उम्मेदारी दिएका छन् । जाजरकोटमा प्रमुखमा १५ , उपप्रमुखमा १२ र अध्यक्षमा १८, उपाध्यक्षमा १८ जनाले, वडाध्यक्षमा तीन सय जनाले उम्मेदवारी दिएका छन् ।
दैलेखमा प्रमुखमा २६, उपप्रमुखमा २६, अध्यक्षमा ५०, उपाध्यक्ष ३९ र वडाध्यक्षमा चार सय ७० जनाले उम्मेदवारी दिएका छन् । सुर्खेतमा प्रमुखमा ४८, उपप्रमुखमा ४१, अध्यक्षमा २३, उपाध्यक्षमा २३ र वडाध्यक्ष चार सय ९९ जनाले उम्मेदवारी दिएका छन् ।
रुकुम पश्चिममा प्रमुखमा १६, उपप्रमुखमा १२, अध्यक्षमा १८, उपाध्यक्षमा १२ र वडाध्यक्षमा दुई सय २७ जनाले मनोनयन दर्ता गरेका छन् । कर्णाली प्रदेशमा ७९ स्थानीयत तह रहेका छन् ।
बागी उम्मेदवारहरूले १६ वैशाखसम्ममा उम्मेदारी फिर्ता लिने समय रहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशका अध्यक्ष तथा इन्चार्जहरूले बागी उम्मेदवारी दिएका व्यक्तिले तुरुन्तै फिर्ता लिन आग्रह गरेका छन् । न्युज कारखाना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
माधव नेपालसँग बामदेव गौतमले मागे कार्यकारी भूमिका, झलनाथपछिको वरियता
पुष १५, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध, यात्रु सडकमै अलपत्र
पुष १५, २०८१ सोमबार
काठमाडौंको टुडिँखेलमा तमु ल्होसार (फोटो फिचर)
पुष १५, २०८१ सोमबार
फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
पुष १५, २०८१ सोमबार