मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार नाघ्यो, मधेस प्रदेश अगाडी
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार १९:२४:१४
१३ वैशाख, काठमाडौं । निर्वाचन आयोगले मनोनयन दर्ता गरेकाहरूको थप संख्या सार्वजनिक गरिरहेको छ । आज मध्याह्न साढे १२ बजेसम्मको तथ्याङ्कअनुसार मनोनयन दर्ता गर्नेको संख्या एक लाख ४४ हजार ४१६ जना रहेका छन् । सबै भन्दा बढी मधेश प्रदेशमा मनोनयन दर्ता भएको छ ।
७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदका लागि करिब चार गुणा बढी उम्मेदवारी परेको हो ।
सर्वाधिक मधेस प्रदेशमा ३७ हजार ३७७ जनाले मनोनयन दर्ता गरेको जनाएको छ । त्यसपछि बाग्मती प्रदेशमा २३ हजार ९२६ जना, लुम्बिनी प्रदेशमा २२ हजार ७६६ जना र प्रदेश १ मा २२ हजार ४७० जनाले मनोनयन दर्ता गराएका छन् ।
कर्णाली प्रदेशमा १३ हजार १२६ जना, गण्डकी प्रदेशमा १२ हजार ५४७ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार २०४ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।
आइतबार र सोमबार देशभरका स्थानीय तहमा उम्मेदवारी दर्ता भएको थियो । कुल ३५ हजार २२१ सदस्यका लागि यही वैशाख ३० गते निर्वाचन हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार