गठबन्धनसँग मित्रवत र दुई दलीय संयन्त्रमा निर्णय बमोजिम गर्न कांग्रेस ललितपुरको निर्देशन
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार २०:१:१४
१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेस ललितपुरले जिल्लाका नेता तथा कार्यकर्तालाई गठबन्धनमा रहेका दलहरुसँग मित्रवत् प्रतिस्पर्धा हुने भएकाले सोहीअनुसार गर्न निर्देशन दिएको छ ।
गठबन्धनप्रति मित्रवत प्रतिस्पर्धाको भावना राखेर कांग्रेस र नेकपा माओवादीबीच भएको दुई दलीय संयन्त्रको निर्णय बमोजिम निर्वाचनमा लाग्न निर्देशनमा भनिएको छ ।
कांग्रेस ललितपुर सभापति जिनेन्द्रकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरूलाई पराजित गर्ने रणनीतिअनुरुप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
उनले ११ वैशाख मध्याह्न पश्चात बागमती प्रदेश संयन्त्रबाट कांग्रेस र माओवादी केन्द्रको बीचमा मात्रै सहमति भएको निर्णय र पार्टीबाट उम्मेदवारहरूको टिकटसमेत प्राप्त भएकोले सोही अनुरुप पालिकाहरूमा उम्मेदवारी दिने प्रक्रियामा पुगिएको जनाएका छन् ।
श्रेष्ठले बागमती प्रदेश संयन्त्रको दुई दलीय निर्णय पश्चात् ललितपुर जिल्ला संयन्त्रको प्रारम्भिक छलफल र सहमति भन्दा फरक स्थिति उत्पन्न भएकोले वडाहरूको बाँडफाँटमा केही समस्या उत्पन्न भएको र उम्मेदवारी मनोनयनको अन्तिम दिन गठबन्धनको सम्पूर्ण व्यवस्थापन गर्न नसकिने भएकोले बागमती प्रदेश संयन्त्रको निर्णय अनुसार कांग्रेस ललितपुरले प्रमुख, उप–प्रमुख सहित अधिकांश वडाहरूमा मनोनयन दर्ता गराएको जनाएका छन् ।
यस्तो छ विज्ञप्ति:
२०७९ बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा पाँच दलीय सत्ता गठबन्धनको ललितपुर जिल्ला स्तरीय संयन्त्रको मिति २०७९÷०१÷०३ गतेको बैठकको निर्णय अनुसार ललितपुरका सम्पुर्ण पालिकाहरूको हकमा केन्द्रीय संयन्त्र र बागमती प्रदेश संयन्त्रको निर्णय तथा परिपत्र बमोजिम तत् तत् तहले तोके बमोजिम गठबन्धनमा जाने निर्णय भएको थियो ।
वडाहरूको बाँडफाँटका सम्बन्धमा मिति २०७९ बैशाख ६, ७, ९ र १० गते बसेको जिल्ला संयन्त्रको बैठकबाट मोटामोटी प्रारुप तयार भएको तर प्रदेश संयन्त्रको निर्णय नआइसकेको कारण सहमतिमा पुग्न बाँकी थियो । वैशाख ११ गते मध्याह्न पश्चात बाग्मती प्रदेश संयन्त्रबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बीचमा मात्रै सहमति भएको निर्णय र पार्टीबाट उम्मेदवारहरूको टिकट समेत प्राप्त भएकोले सोही अनुरुप पालिकाहरूमा उम्मेदवारी दिने प्रक्रियामा पुगिएको हो ।
बागमती प्रदेश संयन्त्रको दुई दलीय निर्णय पश्चात् ललितपुर जिल्ला संयन्त्रको प्रारम्भिक छलफल र सहमति भन्दा फरक स्थिति उत्पन्न भएकोले वडाहरूको बाँडफाँटमा केही समस्या उत्पन्न भएको र उम्मेदवारी मनोनयनको अन्तिम दिन गठबन्धनको सम्पूर्ण व्यवस्थापन गर्न नसकिने भएकोले बागमती प्रदेश संयन्त्रको निर्णय अनुसार नेपाली काँग्रेस ललितपुरले प्रमुख, उप–प्रमुख सहित अधिकांश वडाहरूमा मनोनयन दर्ता गराएको हो ।
यसैबीच उम्मेदवारी मनोनयन दर्ता भइसकेको अवस्थामा बाग्मती प्रदेश संयन्त्रको निर्णयभन्दा फरक हुने गरि पालिकाहरूमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को जिल्ला नेतृत्वसँग समन्वय नगरी पालिका प्रमुख तथा उप–प्रमुखका पदहरूमा मनोनयन दर्ता गरेका कारण स्थिति अन्योलता तर्फ गएको व्यहोरा स्पष्ट गर्न चाहन्छ ।
माथिल्लो संयन्त्रको गतिविधि र उपरोक्त परिस्थितिका कारण मनोनयनको अन्तिम अवस्थामा पाँच दलीय संयन्त्रको पूर्व निर्णय समेतलाई आधार मानी नेपाली कांग्रेस ललितपुर जिल्लाले धेरै वडाहरूमा गठबन्धन अनुरुप संयूक्त रुपमा तथा केही वडाहरूमा मित्रवत् प्रतिस्पर्धामा जाने निर्णयमा पुगी मनोनयन दर्ता गराएको हो ।
मैत्रीपूर्ण प्रतिस्पर्धाको वातावरणमा निर्वाचनमा जानुबाहेक कुनै विकल्प नरहेको हुँदा गठबन्धनका दलहरूसँग मित्रवत् ढङ्गले तथा विपक्षीहरूलाई पराजित गर्ने रणनीति अनुरुप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न सम्पुर्ण मातहत एकाईहरूलाई निर्देश गरिएको व्यहोरा जानकारी गराइन्छ । साथै विभिन्न कारणबाट पार्टीको उम्मेदवार विरुद्ध स्वतन्त्र÷बागी उम्मेदवारी दिनुभएका साथीहरूलाई समयमै उम्मेदवारी फिर्ता गर्नुहुन निर्देशन गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।
जिनेन्द्र कुमार श्रेष्ठ, सभापति नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार