उम्मेदवारी फिर्ता गराएर वडासम्म सहमति गराउने प्रयासमा सत्ता गठबन्धन: नेता गुरुङ
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार २०:५५:४
१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलबाटै परेका बागी उम्मेदवारीलाई मिलाएर वडा तहसम्मै सहमति गरेर जाने विषयमा गठबन्धन प्रयासरत रहेको बताएका छन् । उनले उम्मेदवारी फिर्ता लिने समयभित्रमा बागी उम्मेदवारलाई मनाउने र व्यवस्थापन गर्ने विषयमा अहिले गठबन्धनका शीर्ष नेताहरु जुटिरहेको बताएका छन् ।
संवाद डबलीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि आफूखुसी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको गरिरहेको बताए । सत्तारुढ दलहरुबीचको सहमतिविपरीत पनि स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको र ति फिर्ता हुने गुरुङको भनाई छ ।
उनले मनोनयनमा परेकाहरुबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच सहमति हुने र यदि कुनै कारणले नभए पनि प्रतिगमनकारी, संविधान विरोधी शक्तिलाई हाबी हुन नदिन आफूहरु सचेत रहेको बताए । गुरुङले एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिवादी कांग्रेससँग गठबन्धन बनाउनु परेको तर्कसमेत गरे ।
गुरुङले केपी ओली नेतृत्वको सरकारले साढे ३ वर्षको आफ्नो कार्यकालमा उत्पादनमूलक क्षेत्रमा लगानी नगरेका कारण मुलुकको आर्थिक अवस्था कमजोर बनेको आरोप समेत लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार