साझा चुनाव चिह्न र घोषणापत्रबारे सत्ता गठबन्धनमा किन भएन गहन छलफल ?
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार २१:२८:४१
१३ वैशाख, काठमाडौं । स्थानीयत तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुले गरेका निर्णय पालिकाहरुमा पूर्णरुपले कार्यन्वयन नभएपछि नेताहरुले साझा चुनाव चिह्न र साझा घोषणापत्रका विषयमा गठबन्धनभित्र छलफल नहुनु कम्जोरी भएको बताउँन थालेका छन् ।
संघीय सरकारले निर्वाचनको मिति घोषणा गरे लगत्तै सत्तामा रहेका दलबीच स्थानीय तहमा गठबन्धन गरेर जाने सहमति हुँदै केही नेताहरुले साझा चुनाव चिह्नको विषय पनि उठाएका थिए । तर, पछि कुनै पनि बैठकमा यो विषयमा दलहरुबीच गहन रुपले छलफल हुन सकेन् । गठबन्धन दलमा निश्चित मापदण्ड बनाएर एउटै चुनाव चिह्नमा जाँदा विवाद नआउने विषय अहिले मात्र उठ्न थालेको छ ।
गठबन्धनभित्रै आफुहरु ठूला दलको पेलाइमा पर्दै आएको बताउने नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने समय सकिएपछि अहिले आएर मुख खोलेका छन् ।
मंगलबार विहानैदेखि नेता खनालले विभिन्न सञ्चारमध्यामलाई अन्तरवर्ता दिने क्रममा साझा चिह्न र घोषणापत्र बनाउने विषयमा छलफल नहुनु दुखद भएको उनको भनाई छ ।
नेपाली कांग्रेसका एक नेताका अनुसार स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गर्नुपर्ने भनेर निर्णय गराउने प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि अहिले आएर यो विषयमा छलफल हुन आवश्यक थियो तर, कसैले बैठकमा प्रस्ताव नल्याएको बताउँन थालेका छन् ।
उनका अनुसार १७ चैत २०७८ मा निर्वाचनमा तालमेलको प्रस्ताव देउवालेनै गरेका थिए । अन्ततः तालमेलका लागि गठबन्धन दलहरूले समिति मात्रै बनाएनन् स्वयम देउवाको पकड क्षेत्र मानिएको सुदूरश्चिचममै गठबन्धन भत्कियो ।
निर्वाचन तयारी तथा अनुगमन समिति नाम दिएको समिति संयोजक रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि तालमेलको जोडबलकर्ता हुन् । उनीहरुको गृहनगरमा पनि गठबन्धनको निर्णय लागुहुन सकेन् ।
यी तीनै जना शीर्ष नेताको गृह जिल्लामै गठबन्धन भत्कियो, तालमेल भएन र कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीले एक्लाएक्लै मनोनयन दर्ता गराएका छन् ।
गठबन्धन नभएका ठाउँमा अझै मिलाएर मतदान गराउने पक्षमा नेताहरु लागिरहेका छन् । देउवाको डडेल्धुरा, पौडेलको तनहुँ र नेपालको रौतहट गृह जिल्ला हो । तीन शीर्ष नेताको गृह जिल्लामा दलहरूबीच तालमेल नहुनुलाई कतिपयले अर्थपूर्ण रूपमा हेरेका छन् ।
गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनमा भने तालमेल भएको छ । यद्यपि, त्यहाँ कांग्रेसबाट सहमतिविपरीत बागी उम्मेदवारी परेको छ ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवको गृह जिल्ला मोरङ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको गृह जिल्ला बाग्लुङमा भने तालमेल भएको छ । सोही अनुसार मनोनयन दर्ता पनि भइसकेको छ ।
पछिल्लो समय स्थानीय स्तरमै पनि साझा चिह्नका विषयमा कुरा नउठेका होइनन् । कांग्रेसभित्र गठबन्धनकै विरोध भइरहेको र फरक धारका कम्युनिष्ट कार्यकर्ताले साझा चिह्नमा सबैतिर मत नहाल्ने आंकलन गरियो । स्थानीय तहमा मात्रै साझा चुनाव चिह्नमा गठबन्धन गएको भए चुनावी नतिजा पनि राम्रो आउने आंकलन अहिले चोक चोकमा भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार