माओवादी सांसदको राजीनामा लुम्बिनी प्रदेशसभाद्वारा गुपचुप
नेपालबहस संवाददाता
बैशाख १३, २०७९ मंगलबार २२:४१:४२
१३ वैशाख, बुटवल । नेकपा माओवादी केन्द्रका प्रदेश सांसदले दिएको राजीनामा लुम्बिनी प्रदेशसभा सचिवालयले गुपचुप राखेको पाइएको छ । माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित दिपेश थारूले चार दिनअघि दिएको राजीनामा प्रदेशसभा सचिवालयले गुपचुप राखेको हो ।
उनी बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ग) को प्रयोजनको लागि भन्दै राजीनामा दिएका हुन् ।
यही ९ वैशाखमा थारूले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीलाई बुझाएका थिए । तर, उनको राजीनामा के कारणले गुपचुप राखिएको हो भन्नेबारे भने प्रदेशसभा सचिवालयले केही बताएको छैन ।
प्रदेशसभा सचिवालयले सोमबारको मितिमा जारी गरेको सूचनामा नेपालको संविधानको धारा १८० (क) बमोजिम थारुले जितेको उक्त निर्वाचन क्षेत्र रिक्त भएको जनाएको छ ।
प्रदेशसभाद्वारा जारी सूचनामा भनिएको छ, ‘प्रदेश सभाको बैठक चालु नरहेको अवस्थामा प्रदेशसभा नियमावली २०७४ को नियम १८५ को उपनियम २ बमोजिम जानकारीको लागि आदेशानुसार यो सूचनापत्र प्रकाशन गरिएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
टिकटक बनाउने क्रममा खोलामा चिप्लिएर लडेका २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार