राजस्थान रोयल्स आईपीएल क्रिकेटको शीर्ष स्थानमा
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार १२:१५:०
१४ वैशाख एजेन्सी । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । मंगलबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २९ रनले हराउँदै राजस्थान शीर्ष स्थानमा उक्लेको हो ।
पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बैंगलोर १९ ओभर ३ बलमा १०५ रन बनाउन सक्यो । बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन जोड्दा वानिन्दु हसरंगाले १८ रन बनाए । त्यस्तै साहबाज अहमेदले १७ रनको योगदान गरे ।
बलिङततर्फ राजस्थानका लागि कुलदिप सेनले ४ विकेट लिए । त्यस्तै रविचन्द्र आश्विनले ३ तथा प्रसिद्ध किसनले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन जोडेको थियो । राजस्थानका रियान परागले ५६ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान सन्जु सामसनले २७ तथा रविचन्द्र आश्विनले १७ रन जोडे ।
बैंगलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २र२ विकेट लिए । जितसँगै राजस्थान ८ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित बैंगलोर ९ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार
जनकपुरलाई काठमाडौंले दियो १०२ रनको लक्ष्य
मंसिर २७, २०८१ बिहिबार
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो, पाँच खेलमा किंग्सको दोस्रो पराजय
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार