अन्तर्राष्ट्रिय बक्सिङमा सहभागी हुने चार महिला खेलाडी प्रशिक्षणमा
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार १६:४१:४७
१४ वैशाख, काठमाडौं । नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिप-२०२२ मा सहभागी हुने चार महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बाेलाएको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ ( आईबीए) को आयोजनामा मे ६ देखि २१ तारिखसम्म प्रतियोगिता टर्कीकाे इस्टानबुलमा हुनेछ ।
१२औँ विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालले ४८ केजी ताैल समूहमा सुस्मन तामाङ, ५२ केजी ताैल समूहमा १३औँ साग स्वर्णधारी मिनु गुरुङ, ५७ केजी ताैल समूहमा चन्द्रकला थापा र ६० केजी ताैल समूहमा पुनम रावलले प्रतिस्पर्धा गर्नेछन् ।
सहभागी चार खेलाडी थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर फर्किएका हुन् । जसमा पुनम रावलले कास्य पदक जितेकी थिइन । रावलले जितेकाे पदक १२ वर्ष पछि नेपालले जितेकाे पदक हाे । १२ वर्ष पहिला हालका आईबा थ्री स्टार काेच दीपक महर्जनले काँस्य पदक जितेका थिए ।
अन्तिम तयारी स्वरुप बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार काेच दिपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र बेलुका प्रशिक्षण दिइरहेका छन् । प्रतियोगितामा ८३ देशका ३ सय ९२ खेलाडीले नाम दर्ता गराइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार