कोलम्बियामा ५२ मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार १६:५१:८
१४ वैशाख, एजेन्सी । यस वर्षको पहिलो तीन महिनामा कोलम्बियामा मानवअधिकार कार्यकर्ता र समुदायका नेताहरू गरी कुल ५२ जनाको हत्या भएको छ । यो गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो । गत वर्ष १४५ जना मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या भएको थियो ।
कोलम्बियाको मानवअधिकार समूह ओम्बड्सम्यानका अनुसार अधिकांश योजनाबद्ध ढंगले मारिएका हुन् । उनीहरू लागूपदार्थको तस्करी गर्ने गिरोहलगायत अवैध सशस्त्र समूहहरूविरुद्धमा थिए ।
अनुगमनकर्ताहरूका अनुसार अधिकारबादीहरूका लागि कोलम्बिया विश्वको सबैभन्दा खतरनाकमध्ये एक हो । कोलम्बियाली अखबार एल टिम्पोलका अनुसार मारिनेमध्ये २८ जना भूमि अधिकार र सामुदायिक अधिकारकर्मीहरू, ९ आदिवासी कार्यकर्ता र चार कृषि कार्यकर्ताहरू छन् । पीडितमध्ये ४८ जना पुरुष र ४ जना महिला छन् ।
मारिनेमध्ये १४ वर्षीय किशोर पनि छन, जसको हत्याले देश नै स्तब्ध बनेको थियो । आदिवासी कार्यकर्ता ब्रेनर डेभिड कुकुनेमलाई जनवरीमा आदिवासी भूमिको रक्षा गर्न खोज्ने निशस्त्र समूहसँग गस्तीमा रहेको बेला गोली हानी मारिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार