सुकीलाई थप पाँच वर्ष जेल सजाय
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार १८:२५:२२
१४ वैशाख, एजेन्सी । म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ । ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो ।
यो सजायसँगै उनी ११ वर्ष कैदमा बस्नुपर्ने भएको छ । गत डिसेम्बरमा सुकीलाई कोभिड प्रतिबन्ध उल्लंघन गरेको मुद्दामा र जनवरीमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।
सुनुवाइका क्रममा अदालतमा पत्रकारहरूलाई उपस्थित हुन प्रतिबन्ध लगाइएको थियो । त्यस्तै, सुकीका वकिलहरूलाई सञ्चारकर्मीसँग बोल्न पनि रोक लगाइएको थियो ।
गत वर्ष फेब्रुवरीमा सैन्य कुमार्फत सत्ताच्युत भएपछि सरकारले सुकीमाथि दर्जनौँ फौजदारी अभियोग लगाएको छ । उनीमाथिका अभियोग पुष्टि भएमा सुकी वर्षौँसम्म जेलमा बस्नुपर्नेछ ।
आफूमाथिका सबै आरोपहरूको सुकीले अस्वीकार गरेकी छन् । त्यस्तै, अदालतको सुनुवाइ निष्पक्ष नभएको अधिकारकर्मीहरूको भनाई छ । अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार