टिकट नपाएपछि दल अदलबदल र बागी उम्मेदवार दिने अवसरवादी हुन्ः नेता फुयाल
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार १८:३२:१८
१४ वैशाख, महोत्तरी । नेपाली कांग्रेसका नेता शंकर फुयालले कांग्रेस टिकट नपाउँदैमा दल त्याग गर्ने र बागी उम्मेदवार उठ्ने नेताहरू वास्तवमा स्वार्थी र अवसरवादी भएको बताएका छन् । उनीहरू सिद्धान्त सकिएका र राजनीतिलाई पेसा बनाएर फाइदा लिने गैरराजनीतिक व्यक्ति भएको उनको भनाई छ ।
टिकट नपाएर पार्टी छाड्ने, गुट, उपगुठ सिर्जना गर्ने नेताहरूको विषयमा नेता फुयालको मात्र आक्रोश छैन, अहिले महोत्तरीका चिया पसल, सहर र गाउँमा यस्तै टिकाटिपणी हुन थालेको छ ।
टिकट नपाएपछि जिल्लाभरिबाट नै पार्टीविरुद्ध बागी उम्मेदवार उठेर विद्रोह गर्ने उम्मेदवारहरू आफ्नै दल बलसहित चुनावीमा प्रतिस्पर्धामा होमिएका छन् । बर्दिबास नगरपालिकामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका राजु खड्काविरुद्ध रुद्र सुस्लिङ्ग मगरले बागी उम्मेदवार दिए भने कांग्रेसबाट उम्मेदवार बनेका चिरन्जीवी हमालविरुद्ध प्रल्हाद क्षेत्रीले बागी उम्मेदवार दिए ।
लामो समयदेखि पार्टीको विरासतमा नै रमाइरहेका व्यक्तिहरू एउटा व्यक्तिले टिकट नपाएको असन्तुष्टिमा बागी उम्मेदवारलाई समर्थन गर्न पुगेका छन् । जिल्लामा पालिका प्रमुखमात्र हैन वडाअध्यक्षदेखि वडा सदस्यसम्म बागी उम्मेदवार छन् । निर्वाचन आयोग महोत्तरीका कार्यालय प्रमुख सुवोध कुमार महतोका अनुसार २५ जनाभन्दा बढीले बागी उम्मेदवारमा मनोनयन दर्ता गराएका छन । जसमध्य पाँच जना पालिका प्रमुखमा, सातजना उपप्रमुख र बाँकी वडा अध्यक्ष र वडा सदस्य छन् ।
टिकटकै लागि निर्वाचनको संघारमा धेरै जनाले पार्टी अदलबदलसमेत गरे । टिकटकै लागी पार्टी परिवर्तन गर्ने व्यक्ति जता गए पनि घातक बनिरहने माओवादी केन्द्रका उमेश महतो बताउँछन् । ञपाटीभित्रका मूल्य, मान्यता र सिद्धान्त बिर्सेर टिकटका लागि अर्को पार्टीमा हाम फाल्नेहरू अवसरवादी हुन्,झ उनी भन्छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
साउदी अरबबाट फर्किएका तनहुँका ३६ वर्षीय पुरुषमा मंकीपक्स सङ्क्रमण पुष्टि
पुष ५, २०८१ शुक्रबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार