मोबाइलदेखि मोटरसाइकलसम्मका १० वस्तु आयातमा रोक, ३७ वस्तुहरूको एलसी खुलाउने तयारी
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार १८:५९:२९
१४ वैशाख, काठमाडौं । सरकारले १० वस्तुको आयातमा बन्देज लगाएको छ । यसअघि नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनमा आयातमा प्रतिबन्ध गरिएका करिव ३७ बस्तुहरुको आयात भने खोल्ने तयारी गरिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर कुरकुरे, मदिरा, टिभी, मोबाइल, मोटरसाइकललगायत १० वस्तुको आयातमा रोक लगाएको हो । विलासी उपभोग्य वस्तु असार मसान्तसम्म आयातमा बन्देज लगाइएको हो ।
आयात बन्देज लगाइएको वस्तुहरुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु छन् । हिरा, मोबाइल सेट, ३२ इन्चभन्दा माथिको रंगिन टेलिभिजन जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना र तास आयातमा बन्देज लगाइएको छ ।
राजपत्रअनुसार २०७९ वैशाख १३ गतेभन्दा अगाडि बुकिङ माध्यमबाट आयातको प्रक्रिया भएको हकमा यो व्यवस्था लागू हुँदैन । त्यस्तै, नेपालस्थित कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि यी वस्तुहरु आयात गर्न सक्ने जनाइएको छ ।
यस्तै नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनपछि बैंकहरूले एलसी खोल्न रोक लगाएका वस्तुहरूको एलसी खुल्ने भएको छ । सरकारले यही वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै १० वटा वस्तुहरूको पैठारीमा रोक लगाउने निर्णय गरेको छ ।
उक्त निर्णयसँगै गएको माघ २७ गते राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विलासी वस्तु आयातका लागि एलसी नखोल्न दिएको मौखिक निर्देशन कार्यान्वयन नहुने भएको छ ।
राष्ट्र बैंकले माघ २७ गते वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर एलसीमा नगद मार्जिन लगाएका ४७ वटा हार्मोनिक कोडबाट सुरु हुने ३०० भन्दा बढी वस्तुको एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो ।
सरकारले आयात रोकेका १० वस्तुको भने एलसी नखुल्ने राष्ट्र बैंकले जनाएको छ । राजपत्रमा सूचना प्रकाशित भएका १० वटा वस्तुबाहेक अन्य सबै वस्तुको एलसी अब नियमित रूपमा खोल्न सकिने राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले यसअघि आयातमा ३७ वस्तुहरूमा एलसी खोल्न रोक लगाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार