महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा पुष्पलाल चोकमा, थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार १९:२३:२६
१४ बैशाख, काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकको नेपालगञ्ज शाखा हाल रहेको स्थान नेपालगंज उपनगरपालिका वडा नं. १२ सुर्खेत रोडबाट वडा नं. ०२, पुष्पलाल चोकमा स्थानान्तरण भएको छ ।
२०७९ वैशाख १३ गते मंगलबार आयाजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा नेपाल राष्ट्र बैंक, नेपालगंज शाखाका कार्यालय प्रमुख निभा श्रेष्ठ र बैंकका सञ्चालक दीपक रौनियारले गरेका छन् । शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पारेका थिए । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल बिष्टले जनाए ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख गहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card र Dollar card जारी गरिसकेको छ । समग्रमा Chip based travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंकः महालक्ष्मी विकास बैंक रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार