धर्मेन्द्र र सुदर्शनले के फरक मत राखेका थिए, जसले पार्टी फुटको संघारमा पुग्यो ?
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार १९:३९:६
♦ कृष्णसिंह धामी
१४ वैशाख, काठमाडौं । गत ३ चैतदेखि १३ सम्म नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को १२औं केन्द्रीय समितिको बैठक बस्यो । बैठकले महासचिव ‘विप्लव’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पास गर्यो ।
महासचिव ‘विप्लव’ ले स्थानीय तह निर्वाचनमा सहभागी हुनुपर्ने प्रस्ताव गरेका थिए । तर, उनको प्रस्ताव अस्वीकृत गरियो । बैठकले चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसी विरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित गरेको थियो ।
बहुमत सचिवालय सदस्यहरूले भने संसदीय व्यवस्था मान्न नहुने र चुनावमा कुनै पनि हालतमा सहभागी हुन नसकिने अडान राखेका थिए । त्यसमा थिए- सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’, हेमन्तप्रकाश वली ‘सुदर्शन’ ।
उनीहरूले बैठकमै फरक मत राखेका थिए । केन्द्रीय सचिवालयका पाँच नेतामध्ये कञ्चन र सुदर्शनसँगै केन्द्रीय समितिका बहुमत सदस्यले चुनाव लड्ने कदमको विरोध जनाएका थिए । ६८ जना केन्द्रीय सदस्यमध्ये ४० जना केन्द्रीय सदस्यहरू महासचिव विप्लवको चुनावमा सहभागी हुने प्रस्तावको विपक्षमा उभिएका थिए ।
विप्लवको उक्त प्रस्तावमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, ले समर्थन जनाए । पार्टीभित्र नै अल्पमतमा परेपछि विप्लव–प्रकाण्ड समूहले उनीहरूमाथि कारबाहीको तयारी थाल्यो ।
चुनाव नलड्ने नीति विपरीत प्रकाण्डले आफ्नै जिल्ला कालिकोट पुगेर आफ्नै भाइ बुहारी कलशा विकलाई उम्मेदवार बनाए । नरहरिनाथ गाउँपालिकाको अध्यक्षका लागि पार्टीका केन्द्रीय सदस्य एटम बिसीलाई उम्मेदवार बनाए । यस्तै रास्कोट नगरपालिकामा केन्द्रीय सदस्य धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकलाई उम्मेदवारी दर्ता गराउन लगाए ।
प्रकाण्डले आफ्नो प्रस्ताव असफल भएपछि असन्तुष्ट बनेका प्रकाण्डले विप्लवलाई पेलेरै भए पनि आफ्ना केही मान्छेलाई चुनावमा भाग लिने वातावरण बनाए । पार्टीको तर्फबाट धमाधम उम्मेदवारी पर्न थालेपछि सचिवालय सदस्य कञ्चनले १२ वैशाखमा विज्ञप्ति निकाल्दै विरोध जनाए । सचिवालय सदस्यको हैसियतमा कञ्चनले निकालेको विज्ञप्तिमा उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए ।
व्यक्तिगत रूपमा विज्ञप्ति जारी गरे पनि उनले समग्र सचिवालयको तर्फबाट भनेका थिए । उक्त विज्ञप्तिप्रति विप्लव-प्रकाण्ड समूह रूष्ट बन्यो । केही दिन अगाडि बसेको केन्द्रीय सदस्य माइला लामासहितका नेताहरूको बैठकले चुनाव लड्ने कदमको भण्डाफोर गर्ने निर्णय गरेको थियो ।
धर्मेन्द्र–सुदर्शन समूहले नेतृत्वको विरूद्धमा विभिन्न कमद चालेको थियो । यतिसम्म कि आवश्यक परेको खण्डमा विप्लव-प्रकाण्ड समूहलाई कारबाही गर्ने सम्मको तयारी थियो । यसका लागि उनीहरूले केन्द्रीय समिति बैठकमा फरक मत राख्ने नेताहरूको भेला गर्ने, सार्वजनिक अभिव्यक्ति दिने जस्ता कार्य गर्न थाले । आफूविरुद्ध भण्डाफोर अभियान चलेको चाल पाएपछि विप्लव–प्रकाण्ड समूहले उनीहरूलाई कारवाही प्रक्रियाअघि बढाएको हो ।
अन्ततः विप्लव-प्रकाण्ड समूहले सुदर्शन र कञ्चनलाई पदमुक्त गरेको छ । बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले दुवै जनालाई निष्काशन गरेको हो ।
दुवै नेताहरूले मालेमावादको सामान्य संगठनात्मक विधि एवं मान्यत एवं एकीकृत जनक्रान्तिको भावनाविपरीत बैठकका निर्णय र नेतृत्वका विरुद्ध पार्टी बाहिरका संचारमाध्यमहरूमा छाडा एवं अराजक तरिकाले अन्तर्वार्ता दिने, कार्यकर्तामाझ गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको भन्दै निष्कासन गरिएको विप्लवको आरोप छ । न्युज कारखाना
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
कीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार