कर्णालीमा पनि नातागोता र गुटकालाई टिकटमा प्राथमिकता, अधिकांश मन्त्री र नेताकै आफन्त
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार २०:२८:२२
१४ वैशाख, सुर्खेत । यसपटकको स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश दलले उम्मेदवारको टिकट वितरणमा आफन्त र गुटका कार्यकर्तालाई प्राथमिकता दिएका छन् । गुटसँग नजिक र माथिल्लो तहमा आफन्त भएकाहरु टिकट पाउनेको ठुलै जमातभित्र परेको कार्यकर्ताहरूको भनाई छ ।
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीका बाबा गोठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पुनः उम्मेदवार भएका छन् । हिमा गाउँपालिका अध्यक्षका उम्मेदवार अमरजंग शाही माओवादी नेता तथा पूर्व राज्यमन्त्री गोमा कुँवारका भाइ हुन् ।
गोमाकै श्रीमान् वीरबहादुर कुँवर तातोपानी गाउँपालिकाका अध्यक्षका उम्मेदवार छन् । तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकाय सांसद गजेन्द्रबहादुर महतका नातेदार पर्छन् ।
जाजरकोट जुनिचाँदे गाउँपालिकाकी उम्मेदवार शिवा आचार्य (बस्नेत) नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य रामदिप आचार्य र मायाप्रसाद शर्माकी नातिनी हुन् ।
उनी गुटको हिसाबले माओवादी नेता तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतसँग नजिक छन् । आचार्यमा यो भन्दा पहिला गाउँपालिका कार्यवाहक अध्यक्ष भएर गाउँपालिका चलाएको अनुभव छ । जनसँस्कृतिक परिवारमा काम गर्ने कलाकार आचार्य शान्ति प्रक्रियासँगै सक्रिय राजनीतिमा लागेकी थिइन ।
जुनिचाँदेमा माओवादीले स्थानीय तहको चुनाव लड्दा भूगोलको समिकरण मिलाउन आचार्य परिवारको चर्को दबाबपछि उनलाई गाउँपालिकाको उपाध्यक्षको टिकट दिइएको थियो ।
त्यसपछि माओवादीको राम्रो पकट रहेको जुनिचाँदेमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जित्यो । गाउँँपालिकाका अध्यक्षलाई अख्तियारले घुससहित फेला पारेको भन्दै कारवाही गारेपछि आचार्यले कावा अध्यक्ष चलाएकी थिइन । अहिले उनै शिवा गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेकी छिन् ।
दैलेखको नारायण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काकी साली निर्मला खड्कालाई टिकट दिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा उनी नारायण नगरपालिका–७ को वडा सदस्य निर्वाचित भएकी थिइन ।
कांग्रेस नेता कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीका छोरा गणेशबहादुर शाहीले दैलेखको चामुन्डा विन्द्रासैनी नगरप्रमुखमा उम्मेदवारी पाएका छन् । मन्त्री शाहीकै दबाबमा उनलाई उम्मेदवार बनाएको आरोप छ ।
दैलेखकै ठाटीकाँध गाउँपालिकामा एमाले प्रदेश कमिटी अध्यक्ष विनोद शाहले श्रीमती लक्ष्मीदेवी शाहलाई अध्यक्षको उम्मेदवार बनाएका छन् । शाह जिल्ला समन्वय समितिकी उपप्रमुखसमेत रहेकी उनी निर्वाचित भएदेखि पाँच वर्षसम्म गाउँ नआएको आरोप छ ।
नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काकी बहिनी तप्ता थापा पनि एमालेबाट नगरपालिकाको उम्मेदवार बनेकी छन् । रुकुम पश्चिमको मुसीकोट नगरप्रमुखमा माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका पति वसन्तकुमार शर्माले टिकट पाएका छन् । उम्मेदवार सिफारिस भएका शर्मा मुसीकोटका वर्तमान नगरप्रमुख देवीलाल गौतमका दाईका छोरा हुन् ।
जाजरकोट बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह पार्टी सभापति वेदराज सिंहका नजिकैका नातेदार हुन् । योभन्दा अगाडि शाह गाउँपालिकाको अध्यक्ष नै थिए ।
माओवादीबाट जाजरकोटकै भेरी नगरपालिकाको उपमेयरकी उम्मेदवार रहेकी कृष्ण शर्मा माओवादी नेता रामदिप आचार्य, मायाप्रसाद शर्माकी नातिनी हुन् । उनका पति योभन्दा अगाडि नेकपा माओवादी केन्द्र जाजरकोटका अध्यक्ष थिए । जुनिचाँदे गाउँपालिकाकी अध्यक्षकी उम्मेदवार शिवा र कृष्ण सोहदर दुई बैनी हुन् ।
नेकपा एमाले निकट शिक्षक तथा बुद्धिजिवी परिषद्का गोरखबहादुर सिंहकी श्रीमती गीता सिंह जाजरकोटको बारकोट गाउँपालिका उपाध्यक्षकी उम्मेदवार हुन् । एमालेका केन्द्रीय सदस्य डम्बर सिंहका भान्जा भक्तबहादुर बस्नेत वडाध्यक्षका उम्मेदवार हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार