देउवाको निर्देशनपछि बागी उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री खाँण भरतपुरमा
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार २१:२०:२०
१४ वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन दलको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेसका नेताबाटै बागी उम्मेदवारी परेपछि त्यसलाई मिलाउन कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण खटिएका छन् ।
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा कांग्रेस नेता कार्यकर्ताले देखाएको असन्तुष्टि सम्बोधन गर्न नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले खाँणलाई भरतपुर पठाएका हुन् ।
प्रधानमन्त्री देउवाको निर्देशनपछि गृहमन्त्री खाँण बुधबार दिउँसो नै भरतपुर लागेका छन् । भरतपुरमा सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा महानगरको मेयर पद नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेस नेता कार्यकर्ताले त्यसको विरोध गर्दै आएका छन् ।
असन्तुष्ट कार्यकर्ताको तर्फबाट नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारीसमेत दिइसकेका छन् । देउवाको निर्देशनपछि चितवनमा गठबन्धन बलियो बनाउने गरी भूमिका खेल्न खाँण गएको बताइएको छ । गठबन्धनका लागि भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दिएकी छिन् ।
उपमेयर पदमा कांग्रेसका महानगर सभापति चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् । भरतपुरमा यसअघि २०७४ को निर्वाचनमा पनि कांग्रेसले नेकपा माओवादी केन्द्रलाई समर्थन गरेको थियो । बागी उम्मेदवार परेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मंगलबार दिनभर भरतपुर बसेर फर्किएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै
पुष ७, २०८१ आइतबार
गुल्मीमा भलिबल प्रतियोगिता हुँदै
पुष ७, २०८१ आइतबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष ७, २०८१ आइतबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार