कांग्रेस जिताउन आग्रह गर्दै थापाले भने, ‘आवेगमा निर्णय नगरौ, विभेद र अन्यायको क्षतिपूर्ति हुन्छ’
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार २२:१७:२
१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एक भएर पार्टीलाई जिताउन आग्रह गरेका छन् । उनले अहिले चुनावका समयमा धेरै असन्तुष्टि देखिए पनि त्यसको समाधान हुने भन्दै हतार र आवेगमा निर्णय नलिन भनेका छन् ।
काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले २०७४ सालको चुनावमा बहुमत पाएको एमाललेले मत पाएअनुसार जिम्मेवारी पूरा गर्न नसकेकोले त्यो जिम्मेवारी अब कांग्रेसले लिनुपर्ने बताए । गएको चुनावमा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बनेको र स्थानीय सरकारमा कांग्रेसको पनि केही अनुभव रहेको भन्दै अबको पाँच वर्ष कांग्रेसले चलाउनुपर्ने बताए ।
स्थानीय निर्वाचनलाई सफल पार्ने पहिलो र कांग्रेसलाई पहिलो दल बनाउने गरी मत ल्याउन पहल गर्ने दोस्रो कर्तव्य भएको उनले उल्लेख गरेका छन् । गठबन्धनका दलहरुबीचको तालमेल उचित हो कि हैन भन्ने मतभिन्नता रहेको र यसबारे संघर्ष भोलिको दिनमा पनि हुने उनले बताए । लामो समय पार्टीमा योगदान गरेका साथीहरु उम्मेदवारी दिनबाट बञ्चित भएकोमा उनले चिन्ता व्यक्त गरे ।
निर्वाचनको बिषयलाई लिएर पार्टीभित्र आएका सबै असन्तुष्टि वेवास्ता गरेर नबसेको उनले बताए । पत्रकार सम्मेलनमा महामन्त्री थापाले निर्वाचनको सम्बन्धमा केन्द्रमा आएका उजुरी संकलन गरेको र निर्वाचनछि अध्ययन, विश्लेषण गरेर कारवाही गर्ने जानकारी दिए । चुनावमा होमिइसकेपछि पार्टीको निर्णयलाई सबैले सम्मानपुर्वक मान्नुपर्ने उनको भनाई छ ।
उनले भने,‘विभेद र अन्यायको क्षतिपूर्ति हुन्छ । पार्टीको कर्मठ साथीले आवेगमा आएर निर्णय गर्दा फेरि फर्केर आउने अवस्था हुँदैन । पार्टीभित्र भएका असन्तुष्टि सम्बोधन हुन्छ । स्थानीय तहको चुनावमा मत दिनुपर्ने दिन आउनै लाग्दासमेत तालमेलमै अल्झिनु दुखद हो । अघिल्ला प्रतिनिधिका कार्यक्षमताको मूल्याङ्कन गर्ने र अवको पाँचबर्षमा प्रतिनिधिले गर्ने कामबारे समीक्षा हुनुपर्नेमा दलहरुको तालमेलले चर्चा पाइरहेको छ ।’
कांग्रेस महामन्त्री थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह पनि गरेका छन् । थापाले निर्वाचनमा होमिएका बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् ।
उनले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमी कमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरीत उम्मेदवारी दिन नमिल्ने बताए । यसरी उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरुको हितमा नहुने भन्दै स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरे ।
उनले भने,‘म तमाम ती साथीहरुलाई महामन्त्रीको रुपमा अनुरोध गर्न चाहन्छु–हामीसँग अरु २ दिनको समय बाँकी छ । तपाईँहरुमाथि भएको एउटा एउटा अन्यायको हिसाब किताब हुन्छ । तपाईँहरुमाथि जसलाई विभेद भएको छ । त्यसको एउटा एउटा हिसाब किताब हुन्छ । तपाईँहरुको यसको क्षतिपूर्ति पनि गर्ने गरी न्यायको निर्णय पनि हामी गराउने त्यो ठाउँसम्म पनि हामी पु¥याउँछौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा जाहेरवाला तर्फका ६ जना कानुन व्यवसायीले गरे बहस
पुष १८, २०८१ बिहिबार