एमालेबाट ३३ हजार, कांग्रेसबाट ३१ हजार र माओवादीबाट २२ हजारभन्दा बढीले दिए उम्मेदवारी
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार २३:५:२९
१४ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसका ३१ हजार, नेकपा माओवादी केन्द्रका २२ हजार, राप्रपा र स्वतन्त्र उम्मेदवार १२–१२ हजार र नेकपा एकीकृत समाजवादीका ११ हजार जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जानकारी दिएको छ ।
प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी सबै पदमा अहिलेसम्म नेकपा एमालेबाट ३३ हजार २ सय ५७ जनाको उम्मेदवारी परेको छ । एमालेबाट प्रमुख पदमा २६३ पुरुष र २७ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै अध्यक्षमा ४१८ पुरुष र २८ महिलाको उम्मेदवारी परेको छ ।
उप्रमुखका २६ पुरुष र २५९ महिलाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ३५ पुरुष र ४१० जना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्षमा एमालेबाट ६ हजार ३ सय ७६ जना पुरुष र ११९ महिलाले उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसबाट २५३ जना पुरुष र ११ जना महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै ३६३ जना पुरुष र १९ जना महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उपप्रमुख पदमा ३१ जना पुरुष र १८० महिलाले उम्मेदवारी दिँदा उपाध्यक्षमा ६७ पुरुष र २९२ महिलाको उम्मेदवारी परेको छ ।
त्यस्तै वडाध्यक्षमा कांग्रेसबाट ६ हजार ३६ जना पुरुष र ८० जना महिलाको उम्मेदवारी दिएका छन् । कांग्रेसबाट सबै पदमा गरी ३१ हजार २ सय २० जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रबाट १५६ जना पुरुष र १८ जना महिलाले प्रमुख पदमा उमेदवारी दिएका छन् । त्यस्तै अध्यक्ष पदमा माओवादीबाट २६१ पुरुष र २९ महिलाले उम्मेदवारी दिएका छन् । त्यसैगरी उपप्रमुख पदमा ८४ पुरुष र १२८ जना महिलाको उम्मेदवारी पर्दा उपाध्यक्षमा ११२ पुरुष र २०३ महिलाको उम्मेदवारी परेको छ ।
यसैगरी वडाध्यक्षमा माओवादीबाट ४ हजार ३ सय २१ पुरुष र ९१ महिलाले उम्मेदवारी दिएका छन् । माओवादीबाट सबै पदमा २२ हजार ६८ जनाको उम्मेदवारी परेको छ । अहिलेसम्म सबै पदमा गरी १ लाख ५१ हजार ७ सय ५६ जनाको उम्मेदवारी परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
पोखरा अन्तर्राष्ट्रिय ड्रागन बोट दौडको उपाधि चीनलाई
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार