बागीलाई उम्मेदवारी फिर्ता लिन रसुवा कांग्रेसको निर्देशन
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार २३:२८:४५
१४ वैशाख, रसुवा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई नेपाली कांग्रस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । नेपाली कांग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले आज (बुधबार) विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएका हुन् ।
‘स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाका नेपाली कांग्रेस क्रियाशील सदस्यबाट आफ्नो पार्टीविरुद्ध विभिन्न स्थानमा बागी उम्मेदवारी दिएको सुन्नमा आएकाले समय अवधिभित्र बागी उम्मेदवार फिर्ता लिई पार्टीको उम्मेदवारलाई विजय गराउन सहयोग गराउन नेपाली कांग्रेस रसुवा अपिल गर्दछौं,’ पार्टी सभापति पेम्बा छिरिङ तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ ।
उम्मेदवारी फिर्ता नलिए नेपाली कांग्रेसको विधान अनुसार स्वतः साधारण सदस्य समेत नरहने गरी कारबाही हुनेसमेत उनले बताए । जिल्लामा नेपाली कांग्रेसबाट पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षमा बागी उम्मेदवारी परेको छ ।
त्यसैगरि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमा प्रचार गर्ने, भ्रम सिर्जना गर्ने काम भइरहेकाले तुरुन्तै रोक्नसमेत तामाङले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपच्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार
‘कला, संस्कृति र इतिहासको अभिलेख राख्न जरुरी’
पुष १५, २०८१ सोमबार
परम्परागत शिक्षाले विद्यार्थीलाई विदेशीको कामदारमात्रै बनायोः महासचिव पोखरेल
पुष १५, २०८१ सोमबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
क्रूर नरसंहारमा भाग लिने हमास लडाकूहरूलाई मार्ने इजरायलको घोषणा
पुष १५, २०८१ सोमबार
गोरु जुधाइ प्रतियोगिता
पुष १५, २०८१ सोमबार
किवीको 'जाम' र 'वाइन' बनाउँदै दुप्चेश्वर गाउँपालिका
पुष १५, २०८१ सोमबार
चिसोका कारण हुने बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह
पुष १५, २०८१ सोमबार
युक्रेनमा पश्चिमी शान्ति सैनिकको रुसद्वारा विरोध
पुष १५, २०८१ सोमबार
च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्री अधिकारीको आग्रह
पुष १५, २०८१ सोमबार