बीरगञ्जमा सशस्त्र प्रहरी थप सक्रियः तस्करी नियन्त्रण एवं शान्तिपूर्ण निर्वाचन गराउन प्रतिबद्ध, चार महिनामै साढे ७ करोडका सामान बरामद
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बिहिबार ०:१८:८
•मुर्तुजा मिया तेली
१४ बैशाख, बीरगञ्ज । सबैको ध्यान आसन्न स्थानीय निकायको निर्वाचनमा केन्द्रीत भएको बेला तस्करहरुको ध्यान भने चोरी पैठारीतर्फ जाने गरेको छ । तस्करहरुले यही मौकालाई सुर्वण अवसरको रुपमा लिई रातारात विभिन्न अपराधिक घटनाहरु पनि घटाउने गर्दछन् । यही तथ्यलाई मध्यनजर गरी सशस्त्र प्रहरी बल १३ नं. गण पर्साले पनि आफ्नो ध्यान चुनावतर्फ मात्र केन्द्रित नगरी चोरी पैठारी र अन्य अपराधिक गतिविधि नियन्त्रणतर्फ थप सक्रिय बनाएको छ ।
पर्सा सरुवा भएर आएको चार महिनाको छोटो अवधिमै सशस्त्र प्रहरी बल १३ नं. गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले साढे सात करोड भन्दा बढीका तस्करीका सामानहरु पक्राउ गरी सरकारी राजश्वमा दाखिला गर्न सफल भएका छन् । उनको ध्यान आसन्न स्थानीय तहको चुनावमा शान्तिपूर्ण र निष्पक्ष सुरक्षा प्रदान गर्न मात्र होइन तस्करी र अपराधिक गतिविधि नियन्त्रण गर्न पनि उत्तिकै केन्द्रित रहेको छ ।
जस अनुसार सशस्त्र प्रहरी बल, नेपाल १३ नं. गण पर्सा तथा अन्तर्गत यूनिटले गत माघ, फागुन, चैत र बैशाख महिनामा सात करोड पचपन्न लाख त्रिपन्न हजार सात सय त्रिहत्तर रुपैयाँ मुल्य बराबरका चोरी निकासी पैठारीका विभिन्न सामानहरु बरामद गर्न सफल भएको हो ।
बरामद सामानहरुमा लत्ता कपडा, ईलेक्ट्रोनिक्स सामानहरु, हार्डवेयर, मोटरपार्टस, खाद्यान्न पदार्थ र किराना सामान तथा (१० वटा ट्रक, २ वटा बस, ३ वटा कार, पिकअप १ र ट्याक्टर १ वटा र ५ वटा मोटर साईकल) सहित उपरोक्त सामान र सवारी साधनहरु नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाएको १३ नं. गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) तेजप्रसाद पोखरेलले नेपालबहसलाई बताए ।
यस्तै १३ लाख ७ हजार ७८० मुल्य बराबरको ४२८ क्यूफिट अबैध काठ समेत बरामद गरी जिल्ला वन कार्यालय पर्सामा बुझाएको उनले जानकारी दिए । सशस्त्र प्रहरीले अबैध रुपमा भारतबाट नेपालतर्फ भित्र्याउदै गरेका पशुपंक्षीहरु ४ लाख ४२ हजार ३५० मुल्य बराबरको २८ वटा पाडा पाडी, ब्रोईलर कुखुरा ३५८ केजी तथा ५०० वटा कुखुराको चल्लाहरु नियन्त्रणमा लिई कानुनी कार्बाहीको लागि सम्बन्धित निकायमा बुझाईएको जनाएको छ ।
सशस्त्र प्रहरीको सक्रियताले चोरी निकासी पैठारी नियन्त्रणबाट सरकारको राजश्वमा ७ करोड ५५ लाख ५३ हजार ७७३ रकम दाखिला भएको छ । भन्सार कार्यालयमार्फत दाखिला भएको उक्त रकम मध्य माघ महिनामा ६२ लाख ४७ हजार २ रुपैयाँ, फागुनमा १ करोड १४ लाख ३६ हजार १४७ रुपैयाँ, चैतमा ५ करोड ४ लाख ५० हजार ६८५ रुपैयाँ तथा चालु बैशाख १४ गतेसम्ममा ७४ लाख १९ हजार ९३९ रुपैयाँ रहेको छ । सशस्त्र प्रहरीले तस्करी नियन्त्रणका क्रममा गत चैत्र महिनामा सर्वाधिक ५ करोड भन्दा बढी मुल्य बराबरको सामान नियन्त्रणमा लिएको देखिएको छ ।
यस्तै अन्य अपराधिक गतिविधि नियन्त्रणतर्फ सशस्त्र प्रहरी पर्साले विभिन्न मितिमा माघ, फागुन र चैत ३ महिनामा गाँजा १११.६३ केजी, चरेश ४.८७० केजी, अफिम ३ केजी, ब्राउन सुगर १०० मिलि ग्राम, डाईजापाम ६ ट्याबेलट, नोर्फिन २ एम्पुल, फेनार्गन ६ एम्पुल, नाईट्रोभेट ७१८ एम्पुल, Wincirex ५ बोतल, Codiwell २ बोतल, Nitrazepam ६० ट्याबलेट, Spaprox ३२ ट्याबलेट, नाईट्रभेट १४ ट्याबलेटसहित विभिन्न ग्रैह्र कानुनी कार्य, अपराधिक गतिविधि तथा मानव बेचबिखनमा संलग्न समेत गरी २४ जना व्यक्तिहरुलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको जनाएको छ ।
यसैगरी गत माघ १३ गते बीओपी बीरगञ्जले श्रोत नखुलेको भारतीय रुपैयाँ ३ लाख ५ हजार ५०० बरामद गरी सम्बन्धित निकायमा बुझाएको जनाएको छ । त्यसैगरी कटुवा पेस्तोल थान १ र उक्त पेस्तोलमा प्रयोग हुने ७.६२ मिमि राउण्ड थान १ नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ ।
त्यसैगरी जिल्ला पश्चिम चम्पारण बेतिया प्रसौनी बस्ने इसाक देवानले ईजाजतपत्र बिना नेपालबाट भारततर्फ लैजादै गरेको १ वटा ऊटसहित १ जना ब्यक्तिलाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाउन सफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
पुष ११, २०८१ बिहिबार
चीनबाट एक खर्ब २४ अर्बका मालसामान आयात
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या
पुष १४, २०८१ आइतबार
स्पोर्टस सुजका कारण जागिर गुमाएकी बेलायती युवतीले पाइन ३० हजार पाउन्ड
पुष १४, २०८१ आइतबार
खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्नेः मन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार
लक्ष्मी चण्डी मुरारका विद्यार्थी आन्दोलित
पुष १४, २०८१ आइतबार