आजदेखि निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने
नेपालबहस संवाददाता
बैशाख १५, २०७९ बिहिबार १४:६:४५
१५ वैशाख, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आज बिहिबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एक घण्टे धर्ना कार्यक्रम विहान ९ देखि १० बजेसम्म रहनेछ ।
वैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिँदै आएकोमा आजबाट धर्नास्थल परिवर्तन गर्न लागिएको हो ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले बुधवार पनि ११ देखि १२ बजेसम्म पीपीएमओ कार्यालय अगाडि धर्ना दिएको थियो ।
व्यवसायीहरूका मागका विषयमा प्रधानमन्त्री, मन्त्रीहरु, मुख्य सचिव, सचिवहरु लगायतलाई समयमा नै अवगत गराइएपनि सम्बोधन नभएकाले बाध्य भएर आन्दोलन गर्नु परेको महासंघले जनाएको छ ।
आन्दोलनको कार्यक्रम अन्र्तगत ७७ जिल्ला संघहरूले जिल्ला प्रशासन कार्यालयमा धार्न दिनेछन् ।
कन्स्ट्रक्शन होलिडेको अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने महासंघले जनाएको छ ।
अप्रत्यासित रुपमा मूल्य वृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर १ जारी गरी निर्माणकार्य सुचारु गरेको नजिर भएको र सोही नजिर अनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघले अघि सारेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार