एमालेलाई धुलो चटाउने गरी गठबन्धनका उम्मेदवारलाई जिताउँछौँः माधव नेपाल
नेपालबहस संवाददाता
बैशाख १५, २०७९ बिहिबार २०:५:३३
१५ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधकुमार नेपालले स्थानीय तहको निर्वाचनमा एमालेलाई धुलो चटाउने बताएका छन् । गठबन्धाका उम्मेदवारलाई मात्रै मतदान गर्ने गरी उनले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्र्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा पनि सहमतिको प्रयास भइरहेको जानकारी दिएका हुन् । नेपालले साझा उमेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । उनले राष्ट्रिय सभा निर्वाचनमै केपी शर्मा ओलीको पार्टीलाई धुलो चटाएको बताए ।
अध्यक्ष नेपालले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धन आवद्ध दलका उम्मेदवारलाई पनि निर्वाचित गर्र्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरे । बिहीबार गठबन्धनको कार्यदलको बैठक बस्न लागेको जानकारी दिँदै उनले सहमतिका साथ गठबन्धन अघि बढ्ने बताए ।
स्थानीय तहमा गठबन्धनबीच सहमति कायम गरेर उम्मेदवारलाई निर्वाचित गराउने विषयमा छलफल गर्न कार्यदलको बैठक बस्न लागेको भन्दै उनले केही पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका जानकारी दिए ।
काठमाडौं । “दुईजना पालिकाका प्रमुख निर्विरोध चयन भइसकेका छन्,” उनले भने, “तीनजना उपप्रमुख निर्विरोध निर्वाचित भइसकेका छन् भने ७ वडाअध्यक्ष र २६ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।”
उनले एमाले उमेदवार रामबहादुर थापा बादललाई राष्ट्रिय सभामा पराजित गरेको स्मरण गरे । “बादललाई पराजित गरेका हौँ राष्ट्रिय सभामै,” उनले भने, “हामीले त्यसपछि विजयीको सुरुवात गरेका हौँ । पछि भएको राष्ट्रिय सभा निर्वाचनमा पाँचजना हाम्रा उमेदवार जिताएका छौँ, केपी ओलीको पार्टीलाई त्यसबेला नै धुलो चटाउने काम गरेका हौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार