निर्वाचनसम्म असन्तुष्टिलाई भित्रै राखेर उम्मेदवारको मुख नहेरी रुख चिह्नमा मतदान गरौँः महामन्त्री शर्मा
नेपालबहस संवाददाता
बैशाख १५, २०७९ बिहिबार २०:५२:४०
१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक भेलालाई सम्बोधन गर्दै शर्माले अहिले सबैमा कुनै न कुनै किसिमो असन्तुष्टि रहेको र त्यसलाई उचित समयमा पार्टीले सम्बोधन गर्ने तर, अहिले कांग्रेसका उम्मेदवारहरूको मुख नहेरी रूख चिह्नमा मतदान गर्न आग्रह गरे ।
व्यक्तिमा असन्तुष्टि भए पनि पार्टीलाई मत दिनुपर्नेमा उनले जोड दिँदै पार्टीलाई व्यवस्थित बनाउनका लागि आफूहरू लागिपरेको भनाई राखे । उनले १० वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने कांग्रेसको सपना रहेको बताए ।
एमसीसी परियोजना सफल भएर १० वर्षमा हरेक नेपालीको चुलोमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने उल्लेख गरे । काठमाडौंका सडकमा डिजेल र पेट्रोलका गाडीहरूलाई विस्थापित गरेर विद्युतीय गाडी विस्तार गर्न सकिने पनि बताए ।
मतदान गरेर मात्रै पार्टीले नजित्ने भन्दै उनले सही रूपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मतगणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे । व्यक्ति जो–जो भए पनि रूख चिह्न लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै उनले व्यक्तिमा असन्तुष्टि भए पनि कांग्रेसलाई मत दिनुपर्नेमा जोड दिए ।
महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरूलाई सुरक्षा दिँदै मतदानस्थलसम्म लैजान युवाहरूलाई निर्देशन दिए । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रूपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उनले आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
प्रहरीले रवि लामिछानेलाई अदालत उपस्थित गरायो, मुद्दा दर्ता गर्ने तयारी
पुष ७, २०८१ आइतबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार