पोखरामा गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस कार्यकर्ताको अवरोध
नेपालबहस संवाददाता
बैशाख १५, २०७९ बिहिबार २१:४:२४
१५ वैशाख, पोखरा । नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताले सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा अवरोध गरेका छन् ।
बिहीबार दिउँसो २ बजे पोखरा महानगरपालिकाका लागि संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम भए पनि वडा तहमा भागबन्डा नमिलेको भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजीसहित अवरोध गरेका हुन् ।
सुरुदेखि नै महानगरको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निर्णयले कांग्रेसका स्थानीय कार्यकर्ता रुष्ट बनेका छन् । त्यसपछि मेयर र उपमेयरमा तालमेल भए पनि वडा तहमा आफूखुसी उम्मेदवार उठाउने निर्णय भएपछि विवाद केही मत्थर भएको थियो ।
कार्यक्रमस्थल माटेपानीस्थित एसआर केसी ब्यांक्वेटको मुख्य गेटमै ताला लगाएर कांग्रेस कार्यकर्ताले अवरोध गरेका हुन् । वडा नम्बर १८, २२ र २४ नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएपछि त्यहाँका कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका छन् ।
असन्तुष्ट कांग्रेस कार्यकर्ताले जिल्ला सभापति किशोरदत्त बराललाई कार्यक्रमस्थलमा प्रवेश नदिने बताएका छन् । मेयरका उम्मेदवार आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाट भने कार्यक्रमस्थलमै रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार