भारतको सीमानामा बीओपी बढाउने, चीनको सीमामा घटाउने !
![कुसुम सेञ्चुरी](
https://nepalbahas.prixacdn.net/media/albums/kusum_senchury_W1qiWWR643.jpg
)
कुसुम सेञ्चुरी
बैशाख १५, २०७९ बिहिबार २२:५४:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/apf-bahas-1_HD7zuGFpDc.jpg)
१५ बैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलले नेपाल–भारत सीमा क्षेत्रको सुरक्षाका लागि बोर्डर अब्जरवेशन पोष्ट (बीओपी) बढाउने र चीनतर्फको बीओपी घटाउने भएको छ । गृहमन्त्रालय स्रोतका अनुसार सशस्त्र प्रहरी मूख्यालयले चीनसँगको सीमा जोडिएका केही जिल्लाको सुरक्षा पोष्टलाई हटाउने र त्यहाँ रहेका गणलाई हटाएर तराईमा केन्द्रीत गर्ने जनाएपछि सो रहस्य खुलेको हो ।
जसमा सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, पर्वत, उदयपुर र काभ्रेमा रहेका गणलाई हटाउने प्रस्ताव गरिएको छ । अन्य जिल्लाको गण हटाउने विषयमा गृहमन्त्रालय चुपचाप बसेपनि सिन्धुपाल्चोक र हुम्लाको गणलाई हटाउन भने असहमति जनाएको छ ।
गृहमन्त्रालय स्रोतका अनुसार नयाँ आईजीपी नियुक्ति भएको पाँचौ दिनमा सो प्रस्ताव पठाइएको थियो । चार वर्ष आईजीपी भएका शैलेन्द्र खनालले दरबन्दी थप गरेको तर २१ दिने आईजीपी पुष्पराम केसीले भने नेपाल चीन सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई हटाउने प्रयास गरेका हुन् । चीन सरकारले हिमाली जिल्लामा बीओपी स्थापनाका लागि सहयोग समेत गरेको अवस्थामा सशस्त्र मूख्यालयले किन यस्तो प्रस्ताव लगेको हो भन्नेबारेमा कुनै कारण खुलेको छैन ।
मुलुकभर आठ बाहिनी, सबै प्रदेशमा एक-एकवटा शिक्षालय र सबै जिल्लामा गुल्म रहेका छन् । सशस्त्रको पुनःसंरचना अनुसार प्रदेश २ मा सबैभन्दा बढी र प्रदेश ६ (कर्णाली) मा सबैभन्दा कम सशस्त्र प्रहरी परिचालन भएका छन् । सशस्त्रले सात प्रदेशमा सातवटा बाहिनी र काठमाडौं उपत्यकामा थप एक गरी आठवटा बाहिनी बनाएको हो । सशस्त्रले उपत्यकामा रहेकाे बाहिनीलाई ९ नम्बर बाहिनी भनेको छ । सशस्त्रले ७ नम्बर बाहिनीपछि ८ नम्बर नभनी उपत्यकालाई ९ नम्बर बाहिनी नामकरण गरेको हो ।
बाहिनीको कमान्ड नायव महानिरीक्षक (डीआईजी) ले गर्नेछन् । प्रदेशगत रूपमा १ नम्बर बाहिनीमा ५ हजार ३६०, मधेश प्रदेशमा ६ हजार १०३, बाग्मती प्रदेशमा ३ हजार ७७९ र गण्डकी प्रदेशको नम्बर बाहिनीमा ३ हजार १५६ सशस्त्र प्रहरी परिचालन भएका छन् । यसैगरी, लुम्बिनी प्रदेश अन्तर्गतको ५ नम्बर बाहिनीमा ५ हजार ५०१, कर्णाली प्रदेशमा २ हजार ३७७, प्रदेश ७ अन्तर्गतको सुदुरपश्चिम प्रदेशको बाहिनीमा ३ हजार ४७८ सशस्त्र प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यका अन्तर्गतको ९ नम्बर बाहिनी अन्तर्गत ३ हजार ४७८ सशस्त्र प्रहरी रहनेछन् । प्रदेश १ अन्तर्गत पाँचवटा गण र १२ गुल्मको व्यवस्था गरिएको छ । तर सशस्त्र मुख्यालयले तराईमा आफ्नो सबै फोर्स केन्द्रीत गर्न लागेको छ ।
विपद व्यवस्थापनको समेत जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई ७७ वटै जिल्लामा गुल्म स्थापना गरी कार्यक्षेत्र विस्तार गरेको र दुःखको साथीको रुपमा हेरिएकोमा तत् स्थानमा प्रहरीको गुल्म हटाउने प्रस्ताव गरिएकोमा गृहमन्त्रालयकै अधिकारीहरु आश्चर्यचकितमा परेका छन् । ‘पाँच वटा जिल्लामा रहेका गुल्मलाई हटाउने प्रस्ताव आएको छ, यसको कारण के हो भनेर हामीले सशस्त्रलाई सोधेका छौ, बिनाकारण गुल्म हटाउने प्रस्ताव किन आएको थाहा छैन’, गृहमन्त्रालयका एक उच्च अधिकारीले भने । सिन्धुपाल्चोक र हुम्ला चीनसँग जोडिएका जिल्ला हुन् । नेपाल भारत तथा चीनको सीमा क्षेत्रमा बोर्डर अब्जरवेशन पोष्ट (बीओपी) स्थापना गरेर सीमा सुरक्षामा खटिएको छ । उदयपुरको गुल्म पनि तराईमा बाढी आउँदा खटिने गरेको छ ।
सिन्धुपाल्चोकको गुल्म त्यहाँ भूकम्प र पहिरो आउदा खटिएको थियो । विपद व्यवस्थापनको सिलसिलामा उद्धार कार्यमा खटिने गरेको सशस्त्र प्रहरीलाई केसी आईजीपी भएपछि हटाउने प्रस्ताव पेश गरेका छन् । ‘१९ दिन आईजीपी भएका केसीले यस्तो प्रस्ताव ल्याएका हुन् उनको, यो प्रस्ताव कार्यान्वयन हुँदैन’, मन्त्रालय स्रोतले भन्यो ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपनेपाली कांग्रेसभित्रको अन्तरसंघर्ष र अबको बाटो !
फागुन १, २०८१ बिहिबार
अध्यादेशले विचाराधीन विधेयक अलपत्र पार्ने संकेत, ओलीको हुबहु नीतिले थप तनावमा परे देउवा
फागुन १, २०८१ बिहिबार
युद्धविराम भंग हुने भन्दै हमासले आफ्ना नेतालाई फोन बोक्न लगायो प्रतिबन्ध
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार
युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?
फागुन १, २०८१ बिहिबार
जनकपुरमा अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने
फागुन १, २०८१ बिहिबार
सशस्त्र संघर्षकै जगमा समानताको मुद्दा स्थापित भएको हो : वर्षमान पुन
फागुन १, २०८१ बिहिबार
आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१ बिहिबार
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानमन्त्री सिंह
फागुन १, २०८१ बिहिबार
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
फागुन १, २०८१ बिहिबार