तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
बैशाख १५, २०७९ बिहिबार ११:४९:११
![](https://nepalbahas.prixacdn.net/media/albums/rasifal_LnoVF1y5lP.jpg)
वि.सं.२०७९ साल बैशाख १५ गते । बिहीबार । ईश्वी सन् २०२२ अप्रिल २८ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख कृष्णपक्ष । तिथि–त्रयोदशी, रातको ०१ बजेर ०५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–पूर्वाभाद्रपदा, बेलुकी ०६ बजेर ३७ मिनेट उप्रान्त उत्तराभाद्रपदा । योग–वैधृति, बेलुकी ०५ बजेर ३५ मिनेट उप्रान्त विष्कुम्भ । करण–गर, दिउँसो ०१ बजेर ३७ मिनेट उप्रान्त वणिज, रातको ०१ बजेर ०५ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–छत्र योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३० मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ३४ मिनेट । दिनमान ३२ घडी ४४ पला । प्रदोषव्रत , पञ्चक । राष्ट्रिय चिया दिवस ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :- खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा लगानी गरेपनि आम्दानी कम हुनेछ । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ । आफुभन्दा अग्रजसँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अबिश्वास तथा मनमुटाब बढ्ने छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :- बिशिष्ट व्यक्तिहरुको बिचारले प्रभावित बनाउने छ । सामाजिक कामका बिशेष रुचि बढ्ने छ भने राजनीति तथा समासेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिने छ । तरल पदार्थ तथा हाईड्रो पावरको लगानि फस्टाएर जानेछ । शिक्षा सँग सम्बन्धित कामबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिने छ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिने छ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :- राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार फस्टाएर जानेछ भने समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । रोजगारीको शिलशिलामा नया गन्तब्य पहिल्याउन सकिने छ । नोकरीमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । मायाप्रेममा सामिप्यता बढेर जाने छ भने पतिपत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिने छ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :- आजको समय राम्रो रहेकोले धार्मिक तथा आध्यात्मिक क्षेत्रमा बिशेष चासो बढ्ने छ । पढाईलेखाई तथा खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ भने गुरुवर्ग तथा आफन्तको सहयोगले थप हौसला प्राप्त हुने छ । बुवा वा बुवा सरहका मानिसबाट बिषेश सामान तथा उपाहार प्राप्त हुने योग रहेको छ । पढाईकै शिलशिलामा लामो दुरिको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । मायाप्रेममा नजिक भई रमाउने समय रहेकोछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे):- सवारीसाधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाईलेखाईमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउने छ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिने छन् । मायाप्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउने छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो):- चलि आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ। प्रशंसकहरू बढ्ने छन्। इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइने छ। स्वादिष्ट भोजनको आनन्द मिल्ने छ। परिवारजनसँग आत्मीयता बढ्ने छ। प्रेम र मित्रताको गाँठो कसिलो भएर जानेछन् । छोटो दुरिको धार्मिक यात्रा हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :- लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेको छ । मायाप्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेको छ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिने छ । पढाईलेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम रहने छ । मायाप्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :- अध्ययनमा मन जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । स्कुल,कलेज बैक तथा बित्तिय क्षेत्रबाट भनेजस्तो आम्दानी हुनेछ । आफुले मन पराएको मानिसबाट उपहार तथा बिलाशी बस्तु प्राप्त हुनेछ । व्यापार प्रशस्त आम्दानी हुनेछ भने नोकरीमा बढवा हुने योग रहेको छ । बंश बृद्धिको योगलाई नकार्न सकिदैन ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :- स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथिभाईबाट टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी):- काम देखाएरै अरुको मन लोभ्याउन सकिनेछ भने सानो काम गरी मनग्गे लाभ लिन सकिने छ । पढाईलेखाईमा भनेजस्तो सुधार भएर जानेछ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडी बढ्न सकिने छ । टाडाको आफन्तको निम्तो आउने तथा यात्रा पक्रिया अगाडी बढ्ने छ । बुद्धिको उपयोगले धन तथा भौतिक सम्पती लाभ हुनेछ । नयाँ कामको प्रश्ताब आउने छ भने सहयोगीहरुले साथ दिदा कामहरु समयमा नै सम्पन्न हुनेछन् ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :- बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गितसंगित तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिने छ । धन तथा भौतिक सम्पती राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिने छ । मायाप्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुने छ । भोजनसँग सम्बन्धीत व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिने छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची):- राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृड हुनेछ । पढाईलेखाईमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिने छ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिने छ भने जीवनसाथिको सहयोगले राम्रा काम गर्न सकिने छ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिने छ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
माघ २२, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १८, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ १४, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार