बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन कांग्रेस बागमती प्रदेश कमिटीको अपिल
नेपालबहस संवाददाता
बैशाख १५, २०७९ बिहिबार २२:२५:३७
१५ वैशाख, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कमिटीले बागी उम्मेदवारहरुलाई उम्मेदारी फिर्ता लिन अपिल गरेको छ । बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले विज्ञप्ती जारी गर्दै गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता गर्न आग्रह गरेका हुन् ।
उनले संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउन उद्त शक्तिविरुद्ध गठबन्धन भएको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह पनि गरेका छन् । विनम्रतापूर्वक बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको र फिर्ता नलिए कारबाही गर्ने बानियाँले जनाएका छन् ।
मकवानपुरका विभिन्न पालिकामा गठबन्धन गर्ने निर्णय प्रदेश तहबाट भएर भागबण्डा टुंगिए पनि वडास्तरमा भने दलहरूले आ-आफ्नो उम्मेदवार उठाएका छन् ।
मकवानपुरको १० वटै स्थानीय तहमा गठबन्धन भए पनि कैलाश, मनहरी, राक्सिराङ, ईन्द्रसरोबर र बकैया गाउँपालिकामा गठबन्धनको तालमेल विपरित उम्मेदवारी दर्ता भएको छ । हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, भीमफेदी, बागमती गाउँपालिकामा भने गठबन्धनमा भएको तालमेलअनुसार नै उम्मेदवारी दर्ता गरिएको छ । तर, वडास्तरमा भने तालमेल हुन सकेको छैन ।
हेटौंडा उपमहानगरपालिका-२ मा नेपाली कांग्रेसका नेता सुदीप राजबाहकले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ०७४ सालको निर्वाचनमा २ नम्बर वडामा कांग्रेसबाट जित्ने राजबाहक एक्ला जनप्रतिनिधि हुन् ।
यसपटक अध्यक्षको लागि दाबी गरे पनि पार्टीले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए । ‘म कुनै पनि हालतमा उम्मेदवारी फिर्ता लिन्न, ’ राजबाहकले भने, ‘मेरो पक्षमा युवाहरू छन् । तर, पार्टीले मेरो कुरा सुनेन । म जितेर देखाइदिन्छु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार