उमेदवारी फिर्ता गराउन चितवन पुगेका गृहमन्त्रीमाथि आचारसंहिता लाग्यो, कारवाही हुन्छः आयोग
नेपालबहस संवाददाता
बैशाख १५, २०७९ बिहिबार २२:४७:२
१५, वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणमाथि निर्वाचन आचारसंहित विपरित कार्यको अरोपमा कारवाही हुने भएको छ । निर्वाचन आचारसंहिता विपरित खाँणले चितवनमा गतिविधि गरेको भन्दै निर्वाचन आयोगले त्यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा बागी उमेदवारलाई फिर्ता लिन फकाउन चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतालाई निर्वाचन आयोगले नोटिसमा राखेर यस्तो बताएको हो । आयोगले खाँणसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आचारसंहिताको विषयमा आयोगले थप निर्णय गर्ने बताए । नियमित पत्रकार सम्मेलनमा उनले पलिब्क पोष्ट र रेसपोन्सिबिलिटीका विषयहरु आउने भएपनि आयोगको आयोगको ध्यानाकर्षण भएकाले यस सम्बन्धमा आयोगले थप निर्णय गर्ने बताए ।
प्रधामन्त्री शेरबहादुर देउवाको निर्देशनमा खाँण चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउने प्रयासका लागि गएका थिए । उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगे पनि पौडेलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
तेह्रथुममा टिकटक बनाउने क्रममा लडेर २ जनाको मृत्यु
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार