बजार अनुगमन चालमलगायत सामान जफत, नगद जरिवाना, अखाद्य वस्तु नष्ट

नेपालबहस संवाददाता
बैशाख १५, २०७९ बिहिबार २२:५९:५४

१५ वैशाख, भक्तपुर । जिल्ला प्रशासन कार्यालय र जिल्ला घरेलु कार्यालयको नेतृत्वमा आज भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट क्षेत्रको खाद्यान्न, किराना तथा मासु पसलमा गरिएको अनगुमनमा म्याद गुज्रेका सामान बिक्रीमा राखेको पाइएको छ ।
अनुगमनमा म्याद गुज्रेको, लेबलिङ नभएका खाद्य सामग्री जफत गरी नष्ट गरिएको अनुगमन समितिका संयोजक एवं जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। अनुगमनमा चाँगुनारायण–२ रहेको देवी खाद्य उद्योगमा म्याद नाघेको ओखर, चाउचाउ, चकलेट जफत गरी नष्ट गरिएको छ । त्यस्तै सङ्ग्रिना स्टोरमा गरिएको अनुमगनमा म्याद नाघेको चाकु, बम, पप, सन गोल्ड बेस, तास लगायतका सामग्री जफत गरी नष्ट गरेको छ ।
दुवाकोटकै नारायणी खाद्य उद्योगमा गरिएको अनुगमनमा म्याद गुज्रिएको रु १५५० मा बिक्री गर्ने गृहणी चामल ६ बोरा जफत गरिएको छ । यस पसलबाट अमिलोलगायत अन्य सामानसमेत जफल गरी नष्ट गरी रु पाँच हजार जरिवाना गरिएको सहायक प्रजिअ शर्माले जानकारी दिए ।त्यस्तै केएमसी किराना पसलमा मूल्य सूची नराखेको, म्याद गुज्रेका र बिक्री गर्ने सामान एकै ठाउँमा राखेको, बोर्ड नराखको पाइएको तथा म्याद गुज्रेको चिउरा जफत गरी नष्ट गरिएको छ । अनुगमनकै क्रममा च्वाङ्गा गणेश मिट सपमा फ्रोजन माछा, प्राउन, बफ सलामी जफत गरिएको जानकारी दिए ।
उनले अधिकांश पसलले म्याद गुज्रेका अखाद्य सामान बिक्रीमा राखिएको, पसल नवीकरण नगरिएको, मूल्य सूची नराखिएको, ढक तराजु नवीकरण नगरिएको, लेबलिङ र मिति नभएका सामान बिक्रीका लागि राखिएको, मूल्य सूची अद्यावधिक नगरेको पाइएको शर्माले जानकारी दिए । अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेशकुमार दाहालले बजार अनुगमन नियमित रुपमा गरिएको बताउनुभयो । उपभोक्ता मञ्चका अध्यक्ष मनोजकुमार थापा, उद्योग वाणिज्य सङ्घका विश्व दुवाल, यादवप्रसाद मिश्र, प्रहरीबाट प्रकाश घिमिरे, सुदन केसी, सञ्जिव न्यौपाने, हरिदत्त जोशी, पत्रकारलगायतको टोलीले अनुगमन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिसान र होन्डाका मर्जर वार्ता रद्द, शेयर मूल्यमा बृद्धि
फागुन २, २०८१ शुक्रबार
एडिडासलाई १५ हजार डलर जरिवाना
फागुन २, २०८१ शुक्रबार
जनवरीमा नर्वेको बजारमा विद्युतीय कारको बिक्री ९६ प्रतिशत
माघ २१, २०८१ सोमबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
फागुन १४, २०८१ बुधबार
भारतको केआईआईटी कलेजबाट फर्किएका विद्यार्थीलाई त्रिविले भर्ना लिने
फागुन १३, २०८१ मंगलबार
सन् २०२७ सम्म रक्षा क्षेत्रमा जिडिपीको २.५ प्रतिशत खर्च गर्ने बेलायती प्रधानमन्त्रीको घोषणा
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्रीः पशुपतिमा बिहान २ बजेदेखि चारै ढोका खुला गरिने
फागुन १३, २०८१ मंगलबार
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष नेपालमा
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स फाइनलमा
फागुन १३, २०८१ मंगलबार