एक लाख ५३ हजार दुईजना उम्मेदवारको मनोनयन दर्ता
नेपालबहस संवाददाता
बैशाख १५, २०७९ बिहिबार २३:०:४३
१५ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि एक लाख ५३ हजारभन्दा बढी उम्मेदवारको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले जारी गरेको तथ्यांकअनुसार शुक्रबार दिउँसो ३ः३० बजेसम्म एक लाख ५३ हजार दुईजना उम्मेदवारको मनोनयन दर्ता गरिएको हो ।
जसमा नगर प्रमुखमा तीन हजार ५१०, गाउँपालिका अध्यक्षमा तीन हजार ३८७, उपमेयरमा दुई हजार १६८, गाउँपालिका उपाध्यक्षमा दुई हजार ४०१ जनाको मनोनयन दर्ता गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
वडाअध्यक्षका लागि ३५ हजार ३५३ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यहरूका लागि २६ हजार ५३२ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यमा २३ हजार ९३१ र सदस्यहरूमा ५५ हजार ७२० जनाको मनोनयन दर्ता भएको छ ।
आयोगले उम्मेदवारी रूजु गर्ने काम जारी राखेको भन्दै अन्तिम उम्मेदवारको नामावली सार्वजनिक नगर्दासम्म केही घट्न सक्ने बताए । कानून अनुसार मनोनयन दर्ता नभएकाहरूको उम्मेदवारी आयोगले खारेज गर्नेछ ।
त्यसका लागि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको समानुपातिक सूचीको बन्द सूचीमा नाम नहटाएकाहरूको उम्मेदवारी आयोगले खारेज गर्नेछ । त्यस्तै कानुनले अयोग्य भनेको उम्मेदवारको हकमा पनि आयोगले उम्मेदवारी खारेज गर्नेछ ।
आयोगले शुक्रबार मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । भोलि १६ वैशाखलाई उम्मेदवारको नाम फिर्ता दिने समय तय गरिएको छ । भोलि नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । १७ वैशाख उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार