अभिकर्ताहरुलाई नेपाल लाइफको मोटिभेशन, अन्तर्राष्ट्रिय प्रशिक्षक सोनु शर्माले दिए प्रशिक्षण
नेपालबहस संवाददाता
बैशाख १५, २०७९ बिहिबार २३:१५:१८
१५ बैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंमा अन्तर्राष्ट्रिय ख्यातीप्राप्त बीमा प्रशिक्षकमार्फत ‘मोटिभेसनल सेसन विद सोनु शर्मा’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा देशभरका १ हजार ३ सय ४५ सक्रिय अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल लाइफका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीका अभिकर्ताहरुले नै नेपाल लाइफलाई सर्वाधिक विश्वासिलो बनाउन मुख्य भूमिका निभाएको भन्दै अभिकर्ताहरुको प्रशंसा गरेका थिए । उनले अभिकर्ताहरुको क्षमता अभिबृद्धि, उत्प्रेरणा जगाउन तथा व्यवसाय बृद्धि गर्न बीमा क्षेत्रका विज्ञसँग मोटिभेसनल सेसन गरेको र आगामी दिनमा पनि यस्ता प्रशिक्षणहरुलाई निरन्तरता दिने बताए ।
सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रू. ८ अर्ब २१ करोड रहेको छ भने लगानी रू. १३८ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष १२४ अर्ब ८४ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ६७ करोडभन्दा बढी रहेको छ । २ लाख ३ हजार भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय २ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
नेशनल सेल्स म्यानेजर दिग्विजय सिंघलले नेपाल लाइफका अभिकर्ताहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बीमा प्रशिक्षकमार्फत प्रशिक्षण नियमित गर्ने र सोका लागि कम्पनीले अभिकर्ताहरुका लागि व्यापार लक्ष्यसहितको स्कीम ल्याउने जानकारी गराएका थिए ।
नेशनल सेल्स म्यानेजर उमापति पोखरेलले धन्यवाद ज्ञापन गर्दै हालसम्म स्वदेश र विदेश गरी ३० लाख ४७ हजार ५ सय ६० व्यक्ति यस कम्पनीमा बीमित भइसकेका र ग्राहकहरूको हितलाई मध्यनजर गरी थप नयाँ बीमा योजना, सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी अभिकर्ताहरुले यस मोटिभेसनल सेसन उपलब्धिपूर्ण रहेको प्रतिक्रिया जनाएका थिए । यस किसिमका कार्यक्रमहरुले काम गर्ने जोस, उत्प्रेरणा तथा उत्साह जागरण गर्ने अभिकर्ताहरुको भनाई रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार