नबिल बैंकले एकैदिन खोल्यो १४ नयाँ शाखा, अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्धता
कुसुम सेञ्चुरी
बैशाख १५, २०७९ बिहिबार २३:४९:२
१५ बैशाख, काठमाडौं । नबिल बैंकले एकैदिन देशका विभिन्न स्थानहरुमा १४ नयाँ शाखा खोलेको छ । आज (बिहीवार) धुम्बाराहीस्थित मालीगाउँ काठमाडाैं, जीतपुर बारा, दुवाकोट भक्तपुर, गुसिंगाल ललितपुर, इमाडोल ललितपुर, थलि डाँछी काठमाडौं, चिसापानी मकवानपुर, पुष्पलाल चोक मोरङ, मुर्गिया रुपन्देही, खैरेनी रुपन्देही, झुम्का सुनसरी, महेन्द्रनगर धनुषा, ढल्केबर धनुषा र दहचोक काठमाडौंमा गरी १४ नयाँ शाखाको एकसाथ उद्घाटन गरेको हो ।
ती सबै शाखा कार्यालयमा आज आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र काठमाडौं महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रमेश डङ्गोलले संयुक्त रुपमा धुम्बाराही मालीगाउँ शाखा, बैंक संचालक श्रीमती आशा राणा अधिकारी र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले संयुक्त रुपमा गुसिंगाल शाखाको उद्घाटन गरेका थिए ।
त्यस्तै बैंकका सञ्चालक उदयकृष्ण उपाध्याय र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले संयुक्त रुपमा थलि डाँछी शाखा, बैंक संचालक अनन्त पौड्याल र महालक्ष्मी नगरपालिका ललितपुरका मेयर (नगर प्रमुख) रामेश्वर श्रेष्ठले संयुक्त रुपमा इमाडोल शाखा, तथा बैंकका सञ्चालक प्रविन टिबडेवाला र चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईले संयुक्त रुपमा दुवाकोट शाखाको उद्घाटन गरेका छन ।
यसैगरी नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले संयुक्त रुपमा दहचोक शाखा, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मी र नेपाल राष्ट्र बैंक, सिद्धार्थनगर कार्यालयका निर्देशक श्रीमती रंजना पौडेल पण्डीतले संयुक्त रुपमा मुर्गिया र खैरेनी शाखाको उद्घाटन गरेका छन् ।
नबिल बैंकका प्रमुख वित्त अधिकृत मनोजकुमार ज्ञवाली र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्राचार्य पुरनबहादुर जोशीले संयुक्त रुपमा चिसापानी शाखा, नबिल बैंकका प्रादेशिक प्रमुख – प्रदेश १ सुबोध लोहनी र नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयका निर्देशक श्रीमती मीना पाण्डेले संयुक्त रुपमा पुष्पलाल चोक शाखाको उद्घाटन गरेका छन् ।
यस्तै नबिल बैंकका प्रमुख संचालन अधिकृत गणेशप्रसाद अवस्थी र नेपाल राष्ट्र बैंक, वीरगन्ज कार्यालयका निर्देशक राजन देव भट्टराईले संयुक्त रुपमा जीतपुर शाखा, नबिल बैंकका प्रमुख व्यापार अधिकृत ज्ञानेन्द्रप्रताप शाह र नेपाल राष्ट्र बैंक, जनकपुर कार्यालयका निर्देशक नीरा ताल्चाभडेलले संयुक्त रुपमा महेन्द्रनगर र ढल्केबर शाखा, तथा नबिल बैंकका अन्तराष्ट्र्यि व्यापार तथा रणनीतिक विस्तार प्रमुख आर्दश बजगाई र रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर थापाले संयुक्त रुपमा झुम्का शाखा कार्यालयको उद्घाटन गरेका छन् ।
बैंकले कार्यक्रमका अतिथिहरु, बैंक सञ्चालक समितिका अध्यक्ष, संचालक समितिका सदस्यहरु एवं बैंकका उच्च पदस्थ अधिकारीहरु तथा स्थानीय बासिन्दाको उपस्थितिमा एकैसमयमा १४ नयाँ शाखाको उद्घाटन गर्ने कार्यक्रम तय गरेको थियो । उद्घाटन गरिएका शाखा कार्यालयहरु देहाय बमोजिम रहेका हुँदा सेवाग्राही तथा ग्राहकहरुले आफुलाई पायक पर्ने शाखा कार्यालयमा सम्पर्क गरी विभिन्न बैंकिङ सुविधा लिन बैंकको संस्थागत संचार विभागले सबै सेवाग्राहीमा अनुरोध गरेको छ ।
क्र.सं. शाखा ठेगाना
१. धुम्बाराही मालीगाउँ काठमाडौं महानगरपालिका ५, काठमाडौं
२. जीतपुर जितपुरसिमरा उपमहानगरपालिक ७, बारा
३. दुवाकोट चाँगुनारायण नगरपालिका २, भक्तपुर
४. गुसिंगाल ललितपुर महानगरपालिका १, ललितपुर
५. इमाडोल महालक्ष्मी नगरपालिका ४, ललितपुर
६. थलि डाँछी कागेश्वरी मनोहरा नगरपालिका ५, काठमाडौं
७. चिसापानी हेटौंडा उपमहानगरपालिका १६, मकवानपुर
८. पुष्पलाल चोक विराटनगर महानगरपालिका ३, मोरङ
९. मुर्गिया सैनामैना नगरपालिक वडा नं. ३, रुपन्देही
१०. खैरेनी देवदह नगरपालिक वडा नं.६, रुपन्देही
११. झुम्का रामधुनी नगरपालिका वडा नं.८, सुनसरी
१२. महेन्द्रनगर क्षिरेश्वरनाथ नगरपालिका वडा नं.५, धनुषा
१३. ढल्केबर मिथिला नगरपालिका वडा नं. ६, धनुषा
१४. दहचोक चन्द्रागिरी नगरपालिका वडा नं. १, काठमाडौं
विगत ३७ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाहरूले ग्राहकहरुलाई पूर्णरुपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने जनाइएको छ । मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरू पूरा गर्नका निम्ती देशका विभिन्न क्षेत्रहरुमा आफ्नो सञ्जाल विस्तार गर्दै आइरहेको छ ।
बिहीबार उद्घाटन भएका १४ नयाँ शाखासँगै नबिलको शाखा कार्यालय १४८ पुगेको छ । बैंकले १८८ एटीएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरूबाट देशभर सेवा प्रदान गर्दैै आईरहेको छ । नबिल बैंक आफ्ना सेवाग्राही तथा ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बैंकले दावी गरेको छ ।
देशकै अग्रणी तथा आम लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल नबिल बैंकले उत्पादनमूलक क्षेत्र तथा युवालाई प्राथमिकतामा राखेर बैकिङ सेवा प्रदान गर्नुका साथै पर्यावरण र मानव समाजलाई सहयोग पुग्ने क्षेत्रमा आफ्नो लगानीलाई विस्तार गर्ने प्रतिबद्धता गरेको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
खादा माला लगाएर मनोनयन दर्ता गर्न निस्किएका माओवादीका उम्मेदवार महर्जन बाटामै खिस्स
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरकी कार्यवाहक मेयर शाक्यमाथि हातपात, कार्यालयमा तोडफोड
मंसिर २, २०८१ आइतबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, स्थानीयले जलाए बस
मंसिर २, २०८१ आइतबार
राष्ट्र बैंक वार्षिक प्रतिवेदन : गत आवमा करिब ४७ खर्ब तरलता प्रशोधन
मंसिर २, २०८१ आइतबार
कीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
पृथ्वीराजमार्गको पूर्वी सडकमा दोस्रो चरणको कालोपत्र सुरु
मंसिर २, २०८१ आइतबार
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशतसम्म छुट
मंसिर २, २०८१ आइतबार