कामना सेवा विकास बैंकद्वारा नवौं शाखरहित बैंकिङ सेवा सञ्चालन
नेपालबहस संवाददाता
बैशाख १५, २०७९ शुक्रबार ०:२५:२३
१५ बैशाख, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा बैशाख १५ गते बिहीबारबाट सिराहा जिल्लाको लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ स्थित बिना रेमिटेन्स (प्रो. बिना मण्डल) लाई शाखारहित बैंकिङ सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ ।
लक्ष्मीपुर पतारी गा.पा. वडा नंं ०४ का वर्तमान मेयर रामवलव साह, वडा अध्यक्ष विद्यानन्द मण्डल तथा प्रहरी नायव निरीक्षक मुरारी रामले संयुक्त रुपमा उक्त शाखारहित बैंकिङ सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका छन् । कार्यक्रममा बैंकका कर्मचारीहरु लगायत व्यावसायिक प्रतिनिधि तथा स्थानीय जनताको उपस्थिति रहेको थियो ।
शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार