सँगसँगै हिँडेपछि आरोप लगाइदिने, चुनाव आयो कि मीटूः ओली
नेपालबहस संवाददाता
बैशाख १५, २०७९ शुक्रबार २:७:२८
१५ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितमाथि लागेको महिला हिंसासँग सम्बन्धी आरोप मिथ्या भएको बताएका छन् । स्थापितमाथि स्थानीय तह चुनाव आएपछि महिला हिंसाको कुरा आएको आरोप लगाएका छन् ।
एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई दुई महिलाले यौन दुर्व्यवहार गरेको आरोप फेरि चर्चामा आएको बेला ओलीले उनको बचाउका लागि यस्तो अभिव्यक्ति दिएका हुन् ।
काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा ओलीले महिलाको सुरक्षा र अधिकारका लागि लड्ने र आन्दोलन गर्ने पार्टी नै एमाले मात्रै भएकोले यस्तो आरोप उचित नभएको बताए ।
ओलीले भने,‘मीटू आउँछन् यस्ता बेलामा । मीटूको के जवाफ हुन्छ ? मीटूको कुनै जवाफ हुन्छ ? चुनाव आयो कि मीटू,’ उनले भने,’विकृत मानसिकता फैलाउन खोजिएको छ । सँगसँगै हिँडेपछि आरोप लगाइदिने, बात लगाइदिने ? महिलालाई हतोत्साहित गरिदिने ?’
महिलालाई यौन दुर्व्यवहार हुन्छ भन्ने भ्रम फैलाएर महिला सुरक्षित छैनन् भन्ने सन्देश दिन खोजिएको ओलीको भनाइ थियो । ‘चुनावका बेला यस्ता कुरा उचाल्छन्, जसले वाइडबडी खायो उसैले कुरा निकाल्छ,’ ओलीले भने, ‘यस्तो बेलामा चरित्रहत्या र मीटू आउँछन् ।’
उनले एमाले महान उद्देश्यतर्फ अघि बढेको बताउँदै महिला अस्मिताको रक्षा एमालेले गर्ने बताए । उनले सक्ने भए सरकारले अहिले निर्मला हत्या पत्ता लगाउनुपर्ने बताए ।
उनले समाजमा अगाडि बढ्न खोज्ने महिलालाई मीटू जस्ता कुराले नकरात्मक प्रभाव पार्ने बताएका छन् । महिला अस्मिता, अधिकारको सम्बन्धनमा एमाले जति सजग अरु कोही नभएको ओलीको दाबी थियो ।
स्थापितमाथि काठमाडौं महानगरपालिकाको मेयरको दोस्रो कार्यकालमा यौन दुर्व्यवहार गरेको आरोप त्यहाँ कार्यरत एक महिलाले लगाएकी थिइन् । त्यस्तै, एक पत्रकारले पनि स्थापितलाई यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
नेपालमा मीटूको अभियान चलेको बेला दुवै महिलाले उक्त कुरा सार्वजनिक गरेका थिए । स्थापित एमालेबाट काठमाडौं महानगरपालिकाको उम्मेदवार बनेपछि फेरि उक्त कुरा सार्वजनिक बहसमा आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार