गभर्नर अधिकारीको मुद्दामा आज सुनुवाई, अन्तरिम आदेशले निरन्तरता पाए अर्थमन्त्रीलाई अर्को संकट
नेपालबहस संवाददाता
बैशाख १६, २०७९ शुक्रबार १४:४६:३६
१६ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा यसअघि भएको फैसलालाई निरन्तरता दिए अर्थमन्त्री जनार्दन शर्मा फेरी नैतिक प्रश्नहरुको घेरामा पर्ने भएका छन् ।
गभर्नर अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । बिहीबार सुनुवाइ नसकिएकाले ‘हेर्दाहेर्दै’ मा राखिएको रिटको आज फैसला आउने सम्भावन धेरै छ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलाशमा यही वैशाख १३ गते सुनुवाइ प्रारम्भ भएपनि समय अभावका कारण बिहीबारका लागि तय भएको थियो । तर बिहीबार पनि नभ्याइएकाले आजका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
गभर्नर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै वैशाख ४ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । यही विषयसँग जोडेर अर्थमन्त्री शर्मामाथि नैतिक प्रश्न उठाउँदै राजीनामा समेत मागिएको थयो ।
यसअघि, न्यायाधीश हरिप्रसाद फुयाँलको वैशाख ६ गतेको एकल इजलाशले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशलाई निरन्तता दिने वा नदिने भन्ने विषयमा सुनुवाइ भइरहेको छ ।
मन्त्रिपरिषद्को गत चैत २५ गतेको बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा परेका थिए । तत्कालिन नेपाली कांग्रेसको सरकारका समयमा यही प्रकृतिको मुद्दामा तत्कालिन अर्थमन्त्री महेश आचार्यले राजीनामा दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्ने समितिको निर्णय
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
दक्षिणपूर्वी ब्राजिलमा बस दुर्घटना हुँदा ३८ जनाको मृत्यु
पुष ७, २०८१ आइतबार