चुनावी अनुगमन समितिको बैठक जारी, गठबन्धनमा आवद्ध दलका बागी उम्मेदवारमाथि गर्ने कारबाहीबारे छलफल
नेपालबहस संवाददाता
बैशाख १६, २०७९ शुक्रबार १६:३९:३३
१६ वैशाख, काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा जारी छ । बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धन दलमा आबद्ध बागी उम्मेदवारले समयभित्रै उम्मेदवारी फिर्ता नलिए गरिने कारवाहीका विषयमा छलफल भइरहेको छ ।
आजको बैठकमा देशभर गठबन्धन विपरित उठेका बागी उमेदवारहरुलाई फिर्ता गराउने विषयमा छलफल गरी निर्णय सार्वजनिक गरिने छ । निर्वाचनका सम्बन्धमा तल्ला तहमा भइरहेको गतिविधिका विषयमा पनि छलफल हुनेछ ।
निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उमेदवारी मनोनयन फिर्ताको समय तोकेको छ । उक्त समयभित्र बागीले उम्मेदवारी फिर्ता नलिए बैठकले गरेको निर्णय अनुसारको कारवाही स्वतः लागुहुने बताइएको छ ।
बिहीबारको समितिको बैठकले पनि बागी उमेदवारी फिर्ता गराउन अधिकतम प्रयास गरिने भन्दै समयभित्र उम्मेदवारी फिर्ता लिन भनेको थियो । तर, अहिले सम्म कसैले पनि फिर्ता लिएको जानकारी आएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार