पूर्वमन्त्री आलमको मुद्दा माथेमा र सुवेदीको इजलासमा
नेपालबहस संवाददाता
बैशाख १६, २०७९ शुक्रबार १७:४:२
१६ वैशाख, काठमाडौं । पूर्वमन्त्री अफताब आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी ‘हेर्दाहेर्दै’मा रहेको मुद्दाको सुनुवाई आज हुँदै छ ।
सुनुवाइका लागि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ ।
तर, यसअघि पटक पेसी तोकिए पनि एक पटक पनि सुनुवाइ भएकै छैन । मुद्दा सात पटक स्थगित, पाँच पटक हेर्न नमिल्ने र चार पटक हेर्न नभ्याइने भनिएको छ ।
जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए ।
२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
बिर्सिन नसकिने प्रतियोगिता एनपिएल क्रिकेट
पुष ७, २०८१ आइतबार
हिउँ बिनाको सिस्ने हिमाल
पुष ७, २०८१ आइतबार
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते
पुष ७, २०८१ आइतबार
लमजुङकाे पर्यटकीय घलेगाउँ
पुष ७, २०८१ आइतबार
जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार